जेनजी आन्दोलनमा दमन गर्नेमाथि कार्वाहीको सिफारिस,गल्ती गर्नेहरु माथि अभियोग लागेको छ

काठमाडौं । काठमाडौं भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनबारे जाँचबुझ गर्न बनेको आयोगले दमन र आगजनीमा संलग्नहरूमाथि कार्वाहीको सिफारिस सहितको प्रतिवेदन बुझाएको छ। आइतबार मन्त्रीपरिषद्को कार्यालय पुगेर आयोगका अधिकारीहरूले प्रतिवेदन बुझाए। आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन बुझेर प्रधानमन्त्री कार्यालयबाट बाहिरिइसकिन्। आयोगका अधिकारीहरू समेत बाहिरिइसकेका छन्। प्रतिवेदन बुझाएपछि आयोगका सदस्य तथा […]

मुगुमा कांग्रेसका खड्ग शाही विजयी

काठमाडौं । गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग शाही निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायालाई पराजित गरेका हुन् । शाहीले ७ हजार ९१४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रोकायाले ६ हजार ७१८ मत प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टीका चन्द्र बहादुर […]

धनुषा-२ मा रास्वपाका राम विनोद यादव विजयी

धनुषा । धनुषा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव विजयी भएका छन् । ४१ हजार ६३७ मत ल्याएर उनी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशप्रसाद यादवलाई उनले ३१ हजार बढी मतान्तरले पराजित गरेका हुन् । यादवले १० हजार १९८ मत ल्याए । त्यस्तै नेकपा एमालेका उमाशंकर अरगरियाले १० […]

सप्तरी-२ मा रास्वपाका रामजी यादव विजयी, सीके राउत पराजित

काठमाडौं ।  सप्तरी–२ बाट राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का रामजी यादव निर्वाचित भएका छन् । उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पराजित गरेका हुन् । २८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा सिके राउत तेस्रो भए । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाउँदा जनमतका राउले केवल ९ […]

हर्क साम्पाङ विजयी, रास्वपा उम्मेदवारलाई ८४९२ मतले पछि पारे

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई उर्फ हर्क साम्पाङ विजयी भएका छन्। आइतबार सार्वजनिक नजिताअनुसार निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङलाई ८ हजार ४९२ मतले पछि पार्दै साम्पाङ निर्वाचित भएका हुन्। निर्वाचन आयोगका अनुसार विजयी हर्कले ३५,७४१ मत ल्याउँदा पराजित तामाङले २७,२४९ भोट प्राप्त गरेकी छन्। तेस्रो नम्बरमा […]

सिराहा-२ बाट भारी मतान्तरले रास्वपाका शिव यादव विजयी

काठमाडौं । अघिल्लो निर्वाचनमा ‘हाम्रो नेपाली पार्टी’बाट प्रतिनिधि सभाको उम्मेदवार बनेर पाँचौँ स्थान प्राप्त गरेका शिव यादव यो निर्वाचनमा सिराहा २ बाट विजयी भएका छन्। ३० वर्षीय यादव राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका हुन्। यदवले ३९ हजार ५६१ मत प्रप्त गर्दा उनका प्रतिस्पर्धी काङ्ग्रेसका रामचन्द्र यादवले जम्मा ६ हजार ७१३ मत ल्याएका छन्। उनीहरुबीचको मतान्तर […]

न्याय र अधिकारमा महिलाको पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । विश्वभर सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्य सहितको अवसर भन्ने नाराका साथ ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै गर्दा राष्ट्रिय मानव अधिकार आयोगले महिला र बालिकाहरूको न्यायिक तथा कानुनी अधिकारमा पहुँच सुनिश्चित गर्न जोड दिएको छ। यस विशेष अवसरमा आयोगले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला र बालिकाहरूमा शुभकामना व्यक्त […]

केपी ओलीलाई बाबुराम दहालले दिए ११ सुझाव

काठमाडौं । वरिष्ठ अधिवक्ता बाबुराम दहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन आग्रह गरेका छन् । सामाजिक सञ्जालबाट उनले पार्टी रिकभर हुन सक्ने सुझाएका हुन् । ‘अहिले कसैले पार्टी छोडेका छैनन्, मत मात्र यता उता भएको हो । यो रिकभर हुन सक्छ, त्यसका लागि केही सुझाव दिँदैछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईं भर्खर […]

सप्तरी–३ मा रास्वपाका चौधरी निर्वाचित

राजविराज। सप्तरी निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन् । निर्वाचन अधिकृत सीताराम आचार्यका अनुसार उनले ३२ हजार ८७५ मत प्राप्त गरे । जनता समाजवादी पार्टी(जसपा) नेपालका उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गरे । नेपाली कांग्रेसका दिनेशकुमार यादवले आठ हजार ४२८ मत प्राप्त गरे ।

जेनजी आन्दोलनः कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले आज जाँचबुझ प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उल्लेख भएको विषय बाहिर आइसकेको छैन । असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो […]