विश्वकप क्रिकेट लिग–टुमा नेपाल र अमेरिका भिड्दै 

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ । नेपालमा भैरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । अंकतालिकामा नेपाल २५ खेलमा १८ अंकसहित सातौं स्थानमा छ । अमेरिका २५ खेलबाट ३६ अंक जोडेर दोस्रो […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, गोलभेँडा साना (टनेल) रु ८५, आलु रातो (लाम्चो) प्रतिकिलो रु […]

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्ने भएको हो । बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने बताइएकाे छ । साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै […]

आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ७ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराएको छ । शुक्रबार राति लखनउमा भएको खेलमा चेन्नईले दिएको १८८ रनको लक्ष्य लखनउले १६ ओभर ४ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । लखनउका मिचेल मार्शले ९० रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा […]

सुनको मूल्य १४ सयको गिरावट, कुन दिन कतिमा भयो कारोबार ? 

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ । यो साताको सुरुको दिनको तुलनामा अन्तिम दिनसम्म आइपुग्दा १ हजार ४०० रुपैयाँले सुनको मूल्य घटेको हो । गत वैशाख २५ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । जेठ १ गते शुक्रबार […]

एक सातामा सेयर बजारमा १३.७१ अंकको गिरावट, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

काठमाडौं । यस साता नेप्से परिसूचक करिब १४ अंक घटेर बन्द भएको छ । गत साता २७४५.६५ विन्दुमा बन्द भएको नेप्से, यो साता ०.५० प्रतिशत अर्थात १३.७१ अंक घटेर २७३१.९४ विन्दुमा बन्द भएको हो । यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार […]

आजको मौसम : केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित […]

शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा रहेको थियो । […]

१४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल

काठमाडौं ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि रु १४ अर्ब ६३ करोड २६ लाख ९९ हजारबराबर असुल भएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार प्रारम्भिक प्रतिवेदन पठाइएपछि तथा विगतको बेरुजु संपरीक्षण गर्दा उक्त परिमाणको रकम असुल भएको हो । सोमध्ये लेखापरीक्षणको क्रममा रु ५७ करोड ६९ लाख, प्रारम्भिक प्रतिवेदन पठाएपछि रु ९० […]

महालेखाको प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल

काठमाडौं । लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि रु १४ अर्ब ६३ करोड २६ लाख ९९ हजारबराबर असुल भएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई आज बुझाएको ६३औँ वार्षिक प्रतिवेदनअनुसार प्रारम्भिक प्रतिवेदन पठाइएपछि तथा विगतको बेरुजु संपरीक्षण गर्दा उक्त परिमाणको रकम असुल भएको हो । सोमध्ये लेखापरीक्षणको क्रममा रु ५७ करोड ६९ […]