ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-६ बस्ने २३ वर्षीय आदित्य थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला […]

