आगामी बजेटले निजी क्षेत्रलाई प्रोत्साहित गर्नेः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका छन्। “केही समय अघिदेखि आर्थिक सुधार थालेका छौं ।त्यसबाट सकारात्मक नतिजाहरु पाइरहेका छौं। आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्व दिनेछौं, आगामी बजेटबारे विकास साझेदारहरुसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘‘अध्यादेशबाट गरिएका कानून संशोधनहरु, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावहरु, […]

विश्वकप एसिया छनोटः हङकङसँग नेपाल सात विकेटले पराजित

काठमाडौं । आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरमा हङकङले नेपाललाई ७ विकेटले हराउँदै सुपर थ्रीमा पुग्ने संभावनालाई बलियो बनाएको छ। यो हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का लागेको छ। जितको लागि हङकङलाई मात्र ३० रनको चुनौति हङकङले ४.३ ओभरमा ३ विकेटको नोक्सानीमा जित आफ्नो पक्षमा पार्यो। नेपालले हङकङलाई सुरुवातमा दबाब दियो। बिना कुनै रन […]

नागढुंगा-मुग्लिङ सडकको पुनःनिर्माण कछुवाको तालमा छ: सांसद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा मंगलबार बोल्दै उनले   वर्षासम्बन्धित जोखिमबारे पूर्वतयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् । उनले वर्षा लाग्न बाँकी रहँदै बाढीले नागरिकलाई दुःख दिन थालेको बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरु […]

पक्राउ पूर्जी जारी सांसद प्रधानमन्त्रीसँगै कुम जोडेर बस्दा पक्राउमा परेनन् : सांसद बराली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पूर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहेको भएपनि पक्राउ नगरिएको भन्दै आपत्ति जनाए । प्रदेश सांसद पन्थी सोमबार लुम्बिनीमा […]

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ । गत सातादेखि (मंगलबार र बुधबार बाहेक) निरन्तर घटेको शेयर बजार मंगलबार पनि घटेको हो । सोमबार भने सार्वजनिक बिदा रहेको थियो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स […]

खुल्यो बाढीबाट अवरुद्ध बीपी राजमार्ग

काठमाडौं । सोमबार वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग खुलेको छ। सोमबारबाट अवरुद्ध राजमार्ग मंगलबार साढे १२ बजेबाट सञ्चालनमा ल्याएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिएका हुन्। बिहानै ८ बजेदेखि सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरिएको छ,’ उनले भने, ‘अहिले सडक पूर्ण रुपमा सञ्चालमा आएको […]

महाप्रसादविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिका सदस्य एवं पूर्वगभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ।  यसका लागि आगामी जेठ ४ गते दुवै पक्षलाई छलफलमा बोलाएको अधिवक्ता नविन धितालले जानकारी दिए। अधिवक्ता नवीन धितालले दायर गरेको रिटमा अधिकारी गभर्नरमा बहाल रहेकै बेला गठन भएको समितिमा […]

हुलाक बचत बैंकको नासु र हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा, पाँच करोड ३५ लाख भाग लाएको आरोप

काठमाडौं । हुलाक बचत बैंकको रकम अभिलेख नगरी बाँडचुड गर्ने जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख र बचत बैंक हेर्दै आएका नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा २०६० सालदेखि हुलाक बचत बैंक हेर्दै आएका नासु बलीरामप्रसाद कुर्मी, बारा जिल्ला हुलाक कार्यालयका तत्कालीन कार्यालय प्रमुखहरू […]

प्रि–बजेट छलफलमा सत्तापक्षलाई १२ घण्टा समय

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) माथि करिब १८ घण्टा छलफल हुने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समयसीमा निर्धारण गरेको हो । कार्यतालिकाअनुसार […]

प्राधिकरणले सूचनाबिना लाइन काट्यो : सांसद शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले नेपाल विद्युत् प्राधिकरणले जनतालाई सूचना नदिई पटक–पटक लाइन काट्न थालेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा सूचनाबिना लाइन काट्दा जनता आहत भइसकेको बताइन् । जनताको जीवनमाथि खेलबाड नगर्न उनले प्राधिकरणलाई आग्रह गरिन् । उनले प्राधिकरणलाई लाइन […]