हिमालयन डिस्टिलरीको नाफा २५१ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडको खुद नाफा २५१.३३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले ७३ करोड ९२ लाख खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २१ करोड ४ लाख रहेको थियो । तेस्रो त्रैमासको अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट ४ […]

शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव सहित दिव्यश्वरी हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आउँदो जेठ २२ गते मैतीदेवी सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजे गत दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक बोलाएको छ। सभाले कम्पनीको चुक्ता पूँजीको १ः१ अनुपात अर्थात् शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने र सोका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य कम्पनीसँग […]

दुई हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सूनको मूल्य घटेको छ । आज सुन प्रति तोला २ हजार रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ थियो । सोमबार पनि सुनको मूल्य ३ हजार […]

संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ […]

बीमा कम्पनीको ९ महिनाको नाफा करिब ४९ करोड, दायित्व साढे सात अर्ब पुग्यो

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको दायित्व बढेर ७ अर्ब ५२ करोड २७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको ९ महिनाको अवधिमा यस्तो दायित्व ४ अर्ब ८१ करोड ८० लाख रुपैयाँ रहेको थियो । कम्पनीले चालु आवको तेस्रो त्रैमास चैत मसान्तसम्म ४८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको यस अवधिमा […]

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज […]

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि […]

९ महिनामा सोल्टी होटलको नाफा ५९ करोड बढी

काठमाडौं । नेपालमा विदेशी पर्यटकको संख्या बढ्दो छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार चालु आवको ९ महिनामा हवाइ मार्गमार्फत ९ लाख ७९ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटकको संख्या बढेसँगै होटेलहरुको पर्यटकीय व्यावसायीक गतिविधि तथा क्रियाकलापहरुमा सापेक्षिक रुपमा अभिवृद्धि भएको छ । आन्तरिकसहित विदेशी पर्यटकको आकर्षण रहने काठमाडौँको पाँच तारे सोल्टी होटलले यस […]

विलासिताका लागि नभइ प्रगतिका लागि कर्जा लिन राष्ट्र बैंकको अनुरोध

काठमाडौं । कर्जाको दुरुपयोगका कारण आम मानिसहरुमा विभिन्न समस्याहरु देखा पर्ने गरेका छन् । विशेषगरी व्यावसायिकताका लागि कर्जा लिएर लगानी नगर्दा त्यसको महँगो मूल्य चुकाउनुपरेका धेरै उदाहरण छन् । नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जा सदुपयोगका लागि सन्देशात्मक सूचना जारी गरेको छ । व्यावसायिक कर्जा व्यवसायको उन्नति र प्रवर्द्धनका लागि एक महत्वपूर्ण साधन भएकाले यस्तो कर्जा […]

सन नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ६ लाख कित्ता हकप्रद शेयर बिक्रीमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ । वैशाख ५ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीका लागि १ कित्ता साधारण शेयर बराबर ०.२७ कित्ता शेयर (१:०:२७) को अनुपातमा रु १०० का दरले कम्पनीले हकप्रद शेयर बिक्रीमा ल्याएको हो । हकप्रद साधारण शेयर वैशाख ३० […]