सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ११ प्रतिशतले बढ्यो
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा ३३ करोड ७६ लाख ५७ हजार खुद नाफा गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १०.७६ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा कम्पनीले ३० करोड ४८ लाख ३१ हजार नाफा कमाएको थियो । […]

