यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १२०, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु ५०, […]

लाभांश प्रस्ताव सहित बरुण हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले यहि मंसिर २६ गतेका लागि साधारणसभा बोलाएको हो । कम्पनीको २२ औँ साधारणसभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे बस्नेछ । सो साधारणसभाले आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर […]

कालानमक धानको जात लोप हुँदै

बाँके । बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ। किसानले लगानीअनुसार प्रतिफल नपाएपछि व्यावसायिक तथा हाइब्रिड धानतर्फ आकर्षित हुँदै गएपछि यो जात लोपोन्मुख बनेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी, वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए। उनका अनुसार सिँचाइ, स्याहारसुसार, रोग र कीराको जोखिम बढी भएकाले किसानले कालानमकको साटो हाइब्रिड जात रोज्न थालेका […]

चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो

म्याग्दी । स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यसपटक त्यस्तो नपाइएको व्यवसायीले गुनासो गरेका छन् । बालाचतुर्दशी पर्वका अवसरमा गलेश्वरमा शत्बीज छर्न आएकाले घरायसी काममा प्रयोग हुने चोयाबाट निर्मित डाला, नाङ्ला […]

सेयरधनीको हात रित्तो पार्दै शुभम पावरले बोलायो साधारणसभा

काठमाडौं । शुभम पावर लिमिटेडले आफ्ना सेयरधनीलाई निराश पारेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले बिना लाभांश साधारणसभाको मिति घोषणा गरेको हो । कम्पनीले यही मंसिर २६ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा मन्ध्यान साढे १२ बजे ११ औँ वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ । आफ्ना सेयरधनीहरूका लागि लाभांश वितरण सम्बन्धी […]

एनपीएल क्रिकेट : चितवन र लुम्बिनी भिड्दै 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दैछन् । आज हुने यो एकमात्र खेल अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। गत वर्षको एनपीएलमा खासै उत्कृष्ट प्रदर्शन गर्न नसकेको लुम्बिनी लायन्सको कप्तानी रोहित पौडेलले गरिरहेका छन् ।  गत वर्ष ७ खेलमध्ये १ खेलमात्रै जितेर तालिकाको सबैभन्दा पुछारमा रहेर लायन्स यो […]

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा दुई लाख दुई हजार ३५१ जना पर्यटक भित्रिएका छन् । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म बेनी–जोमसोम सडक मार्ग हुँदै एक लाख ६० हजार ९२९ जना आन्तरिक र ४१ हजार ४३० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय […]

सोल्टी होटल र साहस ऊर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं । आज मंसिर ४ गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ सोल्टी होटलले भोली अर्थात मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्दैछ भने साहस उर्जाले भोली (मंसिर ५ गते) एक दिनका लागि […]

देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]