सुकुम्बासी बस्ती उठाउने काममा डोजर आतंक भयो : सांसद साजिदा खातुन सिद्धिकी

काठमाडौं । सांसद साजिदा खातुन सिद्धिकीले सुकुम्बासी बस्ती हटाउने सरकारी कामको विरोध गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुकुम्बासी बस्ती उठाउने काममा डोजर आतंक भएको बताउँदै भनिन्, ‘गरिबी हटाउने होडबाजी चल्यो ।’ उनले सरकारले यस्तो काम रोक्नु पर्ने बताइन् । बैठकमा रास्वपाका सांसद सुशान्त बैदिकले प्राकृतिक विपत्तिबाट हुने क्षति रोक्न सरकारले विशेष कार्यक्रम […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णयहरू

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्ले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । यससँगै विभिन्न मन्त्रालय तथा निकायको कार्यक्षेत्र र जिम्मेवारीलाई नयाँ संरचनाअनुसार व्यवस्थित गर्ने बाटो […]

सरकारी लगानी व्यवस्थापन समितिमा दुई सांसद मनोनीत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा दुई सांसदलाई मनोनयन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली (मुस्ताङ) र सुशील खड्का (बागलुङ) लाई मनोनयन गर्ने निर्णय गरेको सूचना तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । समितिको अध्यक्षमा अर्थमन्त्री हुने व्यवस्था रहेको छ ।

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस

काठमाडौं । प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस भएको छ । सभामुख डोलप्रसाद अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् । हर्कराज राईलाई हटाएर सभामुख अर्यालले प्रतिनिधिसभाको सचिवमा अधिकारीलाई ल्याउन लागेका हुन् । सभामुखको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा सचिव नियुक्त गर्ने व्यवस्था छ। प्रतिनिधि सभा सचिवमा सिफारिस भएका अधिकारी संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ का […]

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिने, अर्थमन्त्रीले दिने

काठमाडौं । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने भएपछि नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ । यसअघि प्रधानमन्त्री बालेनले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो […]

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।

सहकारी पीडितको बचत रकम फिर्ता गर्न २५ करोड रुपैयाँ व्यवस्थापन गरिँदै

काठमाडौँ । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीपीडितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा बीउपुँजीका रूपमा २५ करोड रुपैयाँ व्यवस्थापन गर्न लागिएको छ । यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ । मन्त्रालयले पीडित नागरिकलाई रकम फिर्ता तथा चक्रीय कोष सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरेका छ । मन्त्रालयले कोषमा […]

घट्यो सुनको मूल्य,बढ्यो चाँदी

काठमाडौं । बुधबार नेपली बजारम सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा खरिदबीक्री भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ थियो । यस दिन चाँदी भने १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ […]

रास्वपा महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असारमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ। बुधबार बिहान काठमाडौँको बनस्थलीस्थि पार्टी केन्द्रीय कार्यालय बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले प्रथम महाधिवेशनको मिति तय गरेको हो । महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय भएको हो । रास्वपा बैठकमा महाधिवेशनसहितका विविध एजेण्डामा छलफल भएको छ।  […]

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक वैशाख ३० गते बस्ने, महाधिवेशन सम्बन्धी छलफल हुने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक वैशाख ३० गते बस्ने भएको छ। पार्टी सभापतिको निर्देशनअनुसार बैठक आह्वान गरिएको जनाइएको छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थली, काठमाडौंमा बस्नेछ । बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकको मुख्य एजेन्डा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धी छलफल रहने जनाइएको […]