नारायणी पुलमा दुई रात गाडी चल्न रोक
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डमा पर्ने नारायणी नदीको पुलमा दुई दिनका लागि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । नारायणगढ–बुटवल सडक आयोजनाले बुधबार एक सूचनामार्फत चितवन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको जनाएको हो । आयोजनाका अनुसार, मंसिर ५ र ६ गते […]

