सांसद सापकोटाद्वारा संसदमा जलविद्युत् आईपीओ अवरोधको विषयमा छानबिनको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले आज प्रतिनिधि सभामा बोल्दै जलविद्युत् आयोजनाका आईपीओ रोकिएको विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसद सापकोटाले नेपाल धितोपत्र बोर्डले कमिसनको कारण देखाउँदै २२ महिनादेखि ४३ वटा जलविद्युत् आयोजनाका ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अनुमति नदिएको समाचार […]

१७ सयले बढ्यो सुन

काठमाडौं । आज नेपाली बजारमा सूनको मूल्य बढेको छ । बुधबार छापावाल सुन प्रति तोला १ हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रति तोला ५ हजार ३०० रुपैयाँले बढेर १ लाख ८९ हजार […]

सुपर एप ‘निम्बज’ नेपालमा सूचीकृत, मेटा अझै आएन

काठमाडौं । क्रस–प्ल्याटफर्म इन्स्ट्यान्ट मेसेजिङ तथा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) सेवा प्रदान गर्ने सुपर एप निम्बज नेपालमा औपचारिक रूपमा सूचीकृत भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार निम्बज गत आइतबार मन्त्रालयमा सूचीकृत भएको हो। यससँगै मन्त्रालयमा सूचीकृत सामाजिक सञ्जालको संख्या चार पुगेको छ। यसअघि भाइबर, विटल्क र टिकटक मन्त्रालयमा सूचीकृत भइसकेका […]

अध्यक्षविरुद्ध प्रकाशित समाचारमा धितोपत्र बोर्डको खण्डन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई जोडेर प्रकाशित समाचारहरूको खण्डन गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै बोर्डले आईपीओ निष्काशन अनुमतिका लागि बार्गेनिङ गरेको आरोपमा प्रकाशित समाचारको खण्डन गर्दै आपत्ति जनाएको हो । बोर्डले अध्यक्षको नाम लिइ कुनै पनि प्रकारको आर्थिक वा अन्य गैर कानुनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण […]

बाल मन्दिर जग्गा हिनामिना : उपप्रधानमन्त्री सिंहकी दिदीसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले नक्सालस्थित बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा हिनामिना प्रकरणमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो । जिल्लाले मुद्दा चलाउन नपर्नेरायसहित उच्च सरकारी वकिलको कार्यालयमार्फत महान्यायाधिवक्ताको कार्यालयमा मुद्दा […]

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक […]

माओवादी अध्यक्ष प्रचण्ड शौचालयमा लडे, राति नै लगियो अस्पताल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते भएका छन् । मंगलबार राति सुत्नुअघि शौचालय जाँदा सामान्य ठोक्किएर घाइते भएपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो । सामान्य उपचारपछि उनी अहिले खुमलटारमा नियमित भेटघाटमा रहेको स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

ठेक्का प्रक्रियाविरुद्धको रिटमा जगदुल्ला हाइड्रोपावरसँग लिखित जवाफ माग

काठमाडौं । जगदुल्ला हाइड्रोपावर लिमिटेड र बोलपत्र मूल्यांकन समितिसँग उच्च अदालत पाटनले लिखित जवाफ मागेको छ । मंगलबार ठेक्का प्रक्रियाविरुद्धको रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ । आयोजनामा प्रक्रियाविपरीत टेन्डर अघि बढाइएको भन्दै सोमबार सिउ इन्फास्ट्रक्चर लिमिटेड र हाइ हिमालय हाइड्रो […]

सिटिजन्स क्यापिटलको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रति कित्ता न्यूनतम मूल्य रु. १८० मा शेयर बिक्रीमा ल्याइएको हो । शेयर खरिद गर्न विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र के कति रकममा खरिद गर्ने हो सो समेत खलाई कम्पनीलाई लिखित रुपमा जानकारी गराउन सक्ने सूचनामा उल्लेख छ […]

पाकिस्तानमा भारतीय आक्रमण सुरु, उडान प्रभावित

काठमाडौं । भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दुर’ सुरु गरेको छ । भारत सरकारले एक विज्ञप्ति जारी गर्दै सेनाले ‘अपरेशन सिन्दूर’ सुरु गरेको जनाएको छ । भारत सरकारले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘यो कारबाहीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको छ, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएको थियो।’ विज्ञप्तिअनुसार भारतले […]