११ वटा फाइनान्सको नाफा बढ्यो, १० वटाको लाभांश क्षमता ऋणात्मक, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सूचीकृत १५ वटा फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्म समग्रमा ८६ करोड ४४ लाख नाफा कमाएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यी फाइनान्सहरुले समग्रमा खुद घाटा व्यहोरेका थिए । गत वर्ष भने २ वटा कम्पनी मात्र घाटामा छन् । खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा बढेको छ । १५ कम्पनीहरुले […]

निर्जीवन बिमा कम्पनीहरुको नाफामा गिरावट, बिमा शुल्क संकलन भने बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । नेप्सेमा सूचीकृत १२ वटा निर्जीवन बिमा कम्पनीहरुले गत वर्षको असारसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बिमा कम्पनीहरुले १२ महिनामा ४ अर्ब ७० करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको भन्दा ५.७९ प्रतिशत कम हो । अघिल्लो वर्षको सोही अवधिमा यी कम्पनीहरुले ४ अर्ब ९८ करोड नाफा कमाएका थिए […]

एमालेको दोस्रो विधान महाधिवेश भदौ २० देखि २२ गतेसम्म, २ हजार ३९२ जना सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही भदौ २० देखि २२ गतेसम्म, हुने दोस्रो विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने भएका छन् । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवशेनमा दुई हजार १२८ प्रतिनिधि र २६४ जना आयोजकका रूपमा सहभागी हुनेछन् । उहाँले विसं २०७८ मा चितवनमा सम्पन्न १०औँ […]

प्रचण्डसँग भारतका विदेशसचिव विक्रम मिश्रीको शिष्टाचार भेट 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्नुभएका विदेशसचिवले अध्यक्ष निवास खुमलटारमा भेट गर्नुभएको हो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

औचित्य नदेखिएका सरकारी संस्था खारेजी, समायोजन र हस्तान्तरण गर्न ,उच्चस्तरीय शासकीय सुधार आयोगमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्ष रहेको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल  गर्दै  ।बैठकले यसअघिका विभिन्न आयोग–कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेजी, गाभ्ने र हस्तान्तरण हुन  सिफारिस भएका सरकारी निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन […]

पोखरामा बीवाईडीको नयाँ शोरूमसँगै बीवाईडी सिलायन ७ को शुरुवात

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा. लि. ले पोखरामा बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ । नयाँ सो रुमको शुभारम्भसँगै गण्डकी ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ । शो रु उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिको रूपमा उपस्थित थिए उदघाटन समारोहमा अटोमोबाइल क्षेत्रका प्रमुख […]

राष्ट्रको हित र आमनागरिकलाई सुविधा हुनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं ।गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आमनागरिकलाई सुविधा हुनेगरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार  मन्त्रालयमा आर्थिक वर्ष २०८२र८३ का लागि गृहसचिव एवं सङ्गठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उहाँले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध नियन्त्रणमा उल्लेख्य काम भए पनि परिणाम आउन समय लाग्ने बताएका हुन् […]

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

कालीकोट। पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्ला, प्रहरीलगायतको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको हो । गएरातिदेखि निरन्तर वर्षा भइरहेकाले कर्णाली राजमार्गको कालीकोट सडकखण्ड आज बिहानैदेखि अवरुद्ध बनेको थियो । राजमार्गअन्तर्गत कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै […]

आठौँ वार्षिकोत्सवमा आई.एम.ई. लाइफ इन्स्योरेन्सका वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्सको आठौँ बार्षिक उत्सवको शुभअवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । काठमाडौंको लैनचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । ‘ रगतदान, जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी […]

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठकः औचित्य नभएका संस्था खारेज, समायोजन र हस्तान्तरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकमा औचित्य नभएका संस्था खारेज, गाभ्ने वा प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा भएको बैठकले यसअघिका विभिन्न आयोग एवं कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज गर्ने, गाभ्ने र हस्तान्तरणका लागि सिफारिस भएका […]