जेनजी आन्दोलनमा सम्पर्कविहीन थुक्तेन अझै भेटिएनन्

सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका- ३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि सम्पर्कविहीन छन्। उनी काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको उनका परिवारजनले बताएका छन्। २४ वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आएका थिए। नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्षअघिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए […]

जेनजीलाई भोटेकोशीको शेयर निःशुल्क दिइएको छैन

काठमाडौं । भोटकोशी जलविद्युत आयोजनाको शेयर जेनजी समूहलाई निःशुल्क वितरण नगरिएको बताइएको छ । भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनीधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेड बीच निःशुल्क सेयर दिने गरी सहमति नभएको बताइएको हो । भोटेकोशी पावर कम्पनीले असोज २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनीधित्व गर्ने भोटेकोशी […]

अर्थमन्त्रीले गरे अमेरिकी उच्च पदस्थ अधिकारी र दातृनिकायसँग छलफल

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डी.सी.मा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आज संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग छलफल गरेका छन् । सो क्रममा नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी व्यापार र लगानी प्रबर्द्धनका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । सो […]

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ३५ अर्ब खिच्दै

काठमाडौं । राष्ट्र बैंकले आज असोज २९ गते ३५ अर्ब रूपैयाँ निक्षेप  झिक्ने भएको छ । राष्ट्र बैंकले ४ दिनका लागि  निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार आज असोज २९ गते ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ। निक्षेप संकलनको लागि घटीमा १० […]

अर्थमन्त्रीद्वारा अमेरिकी उच्च पदस्थ अधिकारीहरु र विभिन्न दातृनिकायसँग छलफल

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २९ गते संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल गरेका छन् । साथै उनले Nepal Trade Preference Program ( […]

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा ४ सय रूपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी अनुसार सुन बुधबार तोलामा २ लाख ४८ हजार ९ सय रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार सुन तोलाको २लाख ४८ हजार ५ सय रुपैयाँमा भएको थियो । यसैगरी चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार […]

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका दलका प्रतिनिधि सहभागी छन् […]

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बिहान ११ः०० बजे ललितपुरको जावलाखेलमा बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । बैठकमा पार्टी अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि प्रादेशिक […]

एसियन कंक्रिटो लिमिटेडले आइपीओ निष्कासन गर्ने

काठमाडौं । एसियन कंक्रिटो लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा कात्तिक १९ गते कम्पनीको कार्यालय, रामग्राम, नवलपरासीमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । कम्पनीले सभामा प्रिमियमसहित आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का […]

बैंक तथा वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनका क्रममा […]