समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

दाङ । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष छन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् । उनले भनिन्,“नौ कट्ठा जमिन भाडामा ल्याएर आलु र प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुई […]

कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । बुधबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ वार्षिक राष्ट्रिय लेखातथ्याङ्कअनुसार यस्तो अनुमान गरेको हो । साथै गैर कृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर […]

तीन दिन लगातार घट्यो शेयर बजार, आज नेप्से घट्दा बढ्यो कारोबार रकम

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । आइतबार सामान्य अंकले बढेको शेयर बजार सोमबार देखि निरन्तर घटेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.५३ अंकले घटेर ४४२.०० विन्दुमा पुगेर बन्द […]

राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बुधबार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले नेपालले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अनुमोदन गरेको उल्लेख गर्दै यस रणनीतिले आँखा […]

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान

काठमाडौं ।  राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ ।निर्माण क्षेत्र सुस्त रहेको कारण अर्थतन्त्र अपेक्षितरुपमा विस्तार हुन नसक्ने बताइएको छ । कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो ।कार्यालयका अनुसार आव २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको […]

तल्लो सेती जलविद्युत् आयोजनाको ईआईए प्रतिवेदन मन्त्रालय पठाइयो

दमौली (तनहुँ) । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ। आयोजनाको एआइए प्रतिवेदनमा आवश्यक सुझावका लागि मन्त्रालय पठाइएको हो। यसअघि आयोजनाले उक्त प्रतिवेदन विद्युत् विकास विभागमा बुझाइसकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। आयोजनाको परीक्षण सुरुङ […]

समाज लघुवित्तको नाफा २४ प्रतिशतले घट्यो

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्ष (आव)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै संस्थाले नाफा घटेको बताएको हो । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाको खुद नाफा ३९ लाख २१ हजार रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा खुद मुनाफा २३.५६ प्रतिशतले कम हो । गत आवको […]

रेशम चौधरी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीले टीकापुर हत्याकाण्डकै कारण पक्राउ गरेको बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार रेशमलाई टीकापुर घटनाकै कैद भुक्तान बाँकी रहेकाले अदालतको आदेशअनुसार पक्राउ गरेको हो । चौधरीलाई काठमाडौँ प्रहरी परिसरको टोलीले नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाटै नियन्त्रणमा […]

ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा

अर्घाखाँची । पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ । वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरुलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो । यात्रामा ९० वर्षीया गोमा पौडेललगायत ज्येष्ठ नागरिक सहभागी थिए । वडाले आफूहरुका लागि तीर्थयात्राको व्यवस्था गरेकामा ७२ वर्षीय धाचाबहादुर रास्कोटीले आभार व्यक्त गरे । […]

अक्षय तृतीया : दर्शनार्थीका लागि डोलेश्वरमा चारै ढोका खुल्ला

भक्तपुर । सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । अन्य दिन दर्शनार्थीले मन्दिर प्रवेश नगरी पश्चिम ढोकाबाटै दर्शन गर्ने व्यवस्था गरिएको भए पनि आज अक्षय तृतीयाका दिन केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएकाले आज दर्शनार्थीका लागि चार वटै ढोका खुल्ला गरेर मन्दिर भित्र प्रवेश गरी आफैँले पूजा गर्ने व्यवस्था […]