हिमनदी पग्लने क्रम रोक्नलाई मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

तुर्कमेनिस्तान। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्नसँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठोस कार्यहरूद्वारा हाम्रा हिमालयलाई बचाउन सकिने बताए । “हिमालका आवाजहरु पग्लने बरफमुनि मरेर नजाओस् । हिमालको रक्षाका लागि सँगै काम गर्न, […]

टिकटकले नेपालमा यौन दुर्व्यवहार सम्बन्धी जनचेतना र सहयोगका लागि सुरु गर्यो ‘सर्च गाइड’

काठमाडौं । टिकटकले नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ, जसको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्रभावित प्रयोगकर्ताहरूलाई समयमै सहयोग र आवश्यक समर्थन प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ  । यो सुविधा टिकटकको समग्र सुरक्षा अभियानको हिस्सा रहेको र यसको उद्देश्य प्रयोगकर्ताहरूलाई सुरक्षित, सहयोगी र जानकारीमूलक वातावरण प्रदान गर्नु रहेको जनाइएको छ । […]

क्यारीका २ ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा मोबिलिटी एक्सपोमा केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान लन्च गरिएको हो । यी भ्यान व्यावसायिक तथा शैक्षिक दुबै क्षेत्रका लागि उपयोगी हुने कम्पनीले विश्वास लिएको […]

बेरुजु फछ्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न भौतिक पूर्वाधार मन्त्री दाहालको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजु फछ्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बुधबार र बिहीबार चलेको सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादनको समिक्षा कार्यक्रमको समापन शत्रमा उनले कार्यसम्पादनका हरेक चरणमा आर्थिक सुशासन कायम गर्न निर्देशन दिएका हुन् । गुणस्तरीय निर्माण कार्यलाई अघि […]

१५ हजार डलर भन्दा बढी रकमको सेवा आयात गर्दा विदेशी बैंकको ग्यारेण्टी आवश्यक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र २०८१ लाई संशोधन गरेको छ । अब प्रति पटक अमेरिकी डलर १५ हजार भन्दा बढी रकमको सेवा आयात गर्दा विदेशी बैंकको बैंक ग्यारेण्टी आवश्यक पर्ने र नियामक निकायको सिफारिस  पनि आवश्यक पर्ने भएको छ । यसअघि १२ हजार भन्दा बढी […]

रिभर फल्स पावरको हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिभर फल्स पावर लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ६३८.४५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ३६९.२३ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

आइपीओ अनुमति पर्खिरहेको वर्णबास म्युजियम होटलले ११ महिनामा कमायो १ करोड ७० लाख

काठमाडौं । वर्णबास म्युजियम होटल लिमिटेडले गत वर्षको ११ महिनामा १ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष (सन् २०२४) यस कम्पनीले ९० लाख आम्दानी गरेको केयर रेटिङ नेपालले जनाएको छ । वर्णबासलाई एजेन्सीले ‘केयर एनपी बी माइनस’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीले आफ्नो वित्तीय दायित्वहरु समयमै तिर्न नसक्ने […]

नाइमामा सवारी खरिदकर्तालाई एभरेष्ट बैंकको सस्तो कर्जा

काठमाडौं । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० बान्डका ३५ वटा नयाँ सवारी साधनहरू सार्वजनिक भएका छन्। एक्स्पोमा नयाँ प्रविधि र मोडलका विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानaहरू प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे, र ५ वटा कर्मसियल गाडीहरू सार्वजनिक गरिएको छ […]

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो । मुख्य बाँधको कङ्क्रिटका लागि विसं २०८१ चैत […]

कुमारी बैंकको नाफामा ४५ हजार ८२९ प्रतिशतको सुधार, यसकारण बढ्यो मुनाफा

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी १० अर्ब ८० करोडबाट बढेर ११ […]