आजको मौसमः हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना 

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

विदेशी लगानीकर्ताले नेपालबाट लगे १६ अर्ब २६ करोड बढी लाभांश

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालमा लगानी गरे पछि लगानी प्रतिफलस्वरुप १६ अर्ब बढी रुपैयाँ लाभांश लगेका छन् । चालू आर्थिक वर्षको पहिलो सात महिनामा विदेशी लगानीकर्ताले नेपालबाट १६ अर्ब २६ करोड ७६रुपैयाँ लाभांश लगेको उद्योग विभागले जनाएको छ । जुन गत आर्थिक वर्षको सात महिनाको तुलनामा ९०.५५ प्रतिशत अर्थात् ७ अर्ब ७३ करोड ६ लाख रुपैयाँले […]

जेम्सलाई यु–१४ क्रिकेट उपाधि

काठमाडौं। अपराजित रहँदै जेम्सले प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सानोठिमीस्थित मातृभूमि स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा जेम्सले अक्षरालाई ३ रनले पराजित ग¥यो । अक्षरा पनि कुनै खेल नगुमाइ फाइनलमा पुगेको थियो । कागेश्वरी मनोहरा नगरपालिको विष्ट गाउँस्थित वान डे क्रिकेट एकेडेमीमा पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित १० ओभरमा […]

अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धीकरण सुरु गर्छः सभापति थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पार्टी नेताबाट सम्पत्ति शुद्धीकरण सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । आज सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित बयलबास बजारमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले २०४६ सालपछि नेता बनेका सबैको सम्पत्ति शुद्धीकरण गर्ने बताए । निर्वाचनपछि सुरुमा एउटा अधिकार सम्पन्न र सशक्त आयोग तयार […]

भारतबाट बढेर आए पनि पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा बढेर आएको खरिद मूल्यका बाबजुद पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ । निगमका अनुसार फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र एलपी। ग्यासको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रतिलिटर २.१०, डिजेलमा २.४६ र एलपी ग्यासमा प्रतिसिलिन्डर १८.५८ रुपैयाँले वृद्धि भए […]

मतदातालाई ‘योग्य’ उम्मेदवार छनोटका लागि ‘मन्थन’ गर्न मौन अवधि

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र र विवेकपूर्ण मतदानका लागि मौन अवधिको पूर्णपालन गर्न आग्रह गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि फागुन १८ गते राति १२ बजेदेखि लागू हुँदैछ । मौन अवधिको महत्त्वबारे कुरा गर्दै थपलियाले निर्वाचन प्रचारका क्रममा मतदातामाथि विभिन्न किसिमका दबाब र प्रभाव पर्ने […]

जोर्डनले खसाल्यो दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र

काठमाडौं । जोर्डनले दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई खसालेको छ । इजरायल र इरानले एकअर्काविरूद्ध हवाई आक्रमण गरिरहेका बेला जोर्डनले ब्यालिस्टिक क्षेप्यास्त्रलाई खसालेका हो । जोर्डनको सेनाका अनुसार देशको आकाशमा उडिरहेका दुई ब्यालिस्टिक मिसाइललाई ध्वस्त पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ । ध्वस्त पारिएका ती मिसाइल कसले प्रक्षेपण गरेको हो भन्ने स्पष्ट हुन नसकेको समाचारमा उल्लेख […]

इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो

काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो । इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ । […]

कुनै दलसँग चुनावी तालमेल हुँदैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगरी चुनावमा होमिएको स्पष्ट पारेका छन् । शनिबार झापाको बाह्रदशीस्थित राजगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाचारमा आएजस्तो कुनै पनि राजनीतिक दलहरूसँग पार्टीले चुनावी तालमेल नगरेको स्पष्ट पारेका हुन् । राप्रपा मात्रै देश र जनताको पक्षमा रहेको दाबी गर्दै […]