सबै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा

काठमाडौं । सरकारी लगानी भएका सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारको सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई बर्खास्त गरेपछि बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् । राष्ट्रिय वाणिज्य बैंक अध्यक्ष सहित सबै सञ्चालकले राजीनामा दिएका हुन् । त्यसैगरी कृषि विकास बैंक र नेपाल बैंकमा भने अध्यक्षले मात्र राजीनामा दिएका छन् ।

पोखरा विमानस्थल प्रकरणः १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधानविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल सरकारले ऋण स्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्तिमध्येबाट जम्मा रु तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० हिनामिना, हानिनोक्सानी र […]

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि मनोज कुमार शर्मा सिफारिस

काठमाडौं ।सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्ले न्यायधीश मनोज कुमार शर्मालाई सिफारिस गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्क्षयतामा आज बसेको संवैधानिक परिषद्को बैठकले उनलाई प्रधानन्यायधीशको लागि सिफारिस गरको हो। बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी […]

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक सुरु भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बैठक सुरु भएको हो। परिषद् सचिवालयका अनुसार बैठकको मुख्य कार्यसूची सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नु रहेको छ। लामो समयदेखि रिक्त रहेको सर्वोच्च नेतृत्वलाई पूर्णता दिन आजै नाम सिफारिस […]

स्वास्थ्य संस्थाहरुको नेतृत्व चयन अब पूर्ण रूपमा मेरिट प्रणालीमार्फत हुने सरकारको स्पष्ट नीति

काठमाडौं । सरकारले देशका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डहरूको नेतृत्व चयनमा अब पूर्ण रूपमा योग्यता (मेरिट) प्रणाली लागू गर्ने स्पष्ट सन्देश दिएको छ। खुल्ला प्रतिस्पर्धा र ‘मेरिट’ का आधारमा मात्रै सक्षम नेतृत्व चयन गर्ने सरकारको स्पष्ट नीति र निर्देशन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालै जारी गरिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी […]

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा फर्मलाई तिरायो जरिवान

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा अनियमितता फेला पारेपछि ३ वटा फर्मलाई जरिवाना तिराएको छ । विभागले नियमित अनुगमनका क्रममा ती फर्महरूले उपभोक्ता संरक्षण ऐन तथा नियमावली विपरीत कार्य गरेको पाइएको जनाएको छ। विभागले बुधबार काठमाडौं महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न स्थानमा गरेको निरीक्षणका क्रममा तीन वटा फर्मलाई जरिवाना […]

लोकतन्त्र सुदृढीकरणका लागि स्वतन्त्र र मर्यादित पत्रकारिता आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय पत्रकारिता दिवस २०८३ तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै सरकारले प्रेसमाथि कुनै पनि प्रकारको अंकुश लगाउने पक्षमा नरहेको स्पष्ट पारे […]

वार्ता असफल भए फेरि बमबारी सुरु गर्ने ट्रम्पको चेतावनी, तेहरानको प्रतिक्रिया आज आउन सक्ने

काठमाडौं । इरान र संयुक्त राज्य अमेरिकाबीच जारी युद्ध तनाव थप गम्भीर बन्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता असफल भए फेरि बमबारी सुरु गर्न सकिने चेतावनी दिएका छन् । इरानले अमेरिकाले प्रस्तुत गरेको १४ बुँदे युद्ध अन्त्य प्रस्ताव अझै “समिक्षा अन्तर्गत” रहेको जनाएको छ। तेहरानले आफ्नो अन्तिम धारणा तयार भएपछि पाकिस्तानमार्फत प्रतिक्रिया […]

सुकुम्बासी बस्ती खाली गराउने क्रममा काठमाडौंको २६ सय ८७ घर टहरा भत्काइयो

काठमाडौं । काठमाडौंको सुकुम्बासी बस्ती खाली गराउने क्रममा काठमाडौंको २ हजार ६८७ घर टहरा भत्काइएको छ । जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरण अनुसार सुकुमबासी बस्ती खाली गराउने अभियानअन्तर्गत २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो । जसमा ८९० पक्की र १७९७ कच्ची छन् । प्रशासनको तथ्यांक अनुसार १५ हजार ३१६ जना विस्थापित भएका छन् […]

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक गुणाकर भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। भट्टले राजीनामा दिएको कुरा मिडियामार्फत् आफूले थाहा पाएको तर आधिकारिक रुपमा जानकारी नआएको सहसचिव अमृत लम्सालले बताएका छन् । सरकारले गत वैशाख पहिलो साता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन […]