असोज २८ बाट सर्वोच्चले नयाँ मुद्दा दर्ता गर्ने

काठमाडौं । सर्वोच्च अदालतले असोज २८ गते मंगलबारदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्ने भएको छ।  सर्वोच्च अदालतको फुलकोर्टको बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको हो। भदौ २४ गते सर्वोच्च अदालतमा जेनजी प्रदर्शनको क्रममा आगो लगाइएको थियो। उक्त आगलागीमा परि सर्वोच्च अदालतमा भएका झण्डै ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए। पुराना मुद्दा तत्काल […]

मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने

इलाम । गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो । “सडक […]

फेमे खोलामा डाइभर्सन निर्माण हुँदै, यातायात सुचारु गर्ने तयारी

पाँचथर । पाँचथरको फिदिम–फालोट सडकखण्डअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्ने काम भइरहेको छ । गत असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि यो सडक अवरुद्ध भएको थियो । पूर्वाधार विकास कार्यालय पाँचथरले फिदिम नगरपालिका–१ र ११ को सिमानामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइप राखेर डाइभर्सन निर्माण गरिरहेको छ । कार्यालयका इन्जिनियर मुकेश […]

ग्लोबल आइएमई लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी 

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभागीय प्रमुख/सहायक (सूचना प्रविधि), विभागीय प्रमुख÷सहायक (व्यवस्थापन÷तालिम), प्रदेश प्रमुख÷अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदमा कर्मचारी माग गरेको हो । तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिहरूले कात्तिक ९ गतेभित्र शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि सहित कम्पनीको वेबसाइट […]

कहिले खोलिन्छ बरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयरको बोलपत्र ? 

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर खरीदका लागि परेका बोलपत्रहरू मंगलबार खोलिने भएको छ । भोलि बिहान ८ बजे काठमाडौंको टेकुस्थित बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बोलपत्र खोलिने कम्पनीले जानकारी दिएको हो । कम्पनीले असार ३१ देखि भदौ ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्दा सर्वसाधारण समूहतर्फको २ लाख ३८ […]

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

बागलुङ । यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलु खेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ मूल्य बराबरको आलु […]

नेपालले कतारको सामना गर्दै 

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा एशिया प्यासेफिक छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारको सामना गर्दैछ । सो खेल नेपाली समय अनुसार राती ८ः४५ बजे शुरु हुनेछ । छनोट प्रतियोगितामा आफ्नो विजय यात्रालाई निरन्तरता दिन खेल्दैछ । समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै समूह विजेता बनि सुपरसिक्समा […]

आजको मौसम : देशभरका मौसम मुख्यतया सफा रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । देशभर मौसम मुख्यतया सफा रहने छ । सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ […]

दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी

दाङ। घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । छ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गरेकी उनका अनुसार यसबाट राम्रो आम्दानी भइरहेको छ । वनबाट सालको पात ल्याउने र फुसर्दमा हातैले दुना टपरी गाँस्ने उनको अहिले दैनिकी बनेको छ । उनी घर खर्चका लागि […]