स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् । सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ । ‘यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी नभएको भन्दै उनले राजीनामा दिने भएका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रीले दिए राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै हिजो, भाद्र २३ गते भएको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा राजीनामा दिएको बताएका हुन्। उनले फेसबुकमा यस्तो लेखेका छन् ः आदरणीय नेपाली जनसमुदायहरू, नमस्कार, जय नेपाल ! म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र […]

बिपक्षी दलले माग्यो प्रधानमन्त्रीको राजिमाना

काठमाडौं । आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको  छ । जेएन जीले गरेको प्रदर्शनको क्रममा भएको हत्याको सम्पुर्ण जिम्मेवारी  प्रधानमन्त्रीले लिनुपर्ने निष्कर्ष निकाल्दै बिपक्षी दलले प्रधानमन्त्रीको  राजिनाम मागेका हुन्

लक्ष्यमा नपुग्दासम्म आन्दोलनबीचैमा नछाड्न जेन–जीलाई भट्टराईको सुझाव

काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी पुस्तालाई थालिएको आन्दोलन लक्ष्यमा नपुर्‍याएसम्म नछाड्न सुझाव दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक अपिल लेख्दै भट्टराईले देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको सुरुवात गरेकोमा गौरवान्वित भएको भन्दै अब यो आन्दोलनलाई टुंगोमा नपुर्‍याई बीचैमा छाड्न नहुने सुझाव दिएका हुन् । उनले फेसबुकमा यस्तो […]

कर्फ्युकै बीच आज पनि संसद भवन अगाडि प्रदर्शन

काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज पनि बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शन गरेका हुन् । सोमबार १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र […]

मंगलबार सेयर बजार नखुल्ने

काठमाडौं । मंगलबार सेयर कारोबार बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्ने यसदिन कारोबार नखुल्ने जनाएको हो । ‘नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०८२ भदौ २४ गते बिहान ८ः३० बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कर्फ्यु आदेश जारी गरेको तथा धेरै कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन […]

कास्कीमा आज बिहान ८.०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी

गण्डकी । कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८.०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शहिदचोक आसपासका क्षेत्र, पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्र बैंक चोक, दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइड क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको हो । […]

काठमाडौं चक्रपथभित्र बिहान साढे ८ देखिअनिश्चितकालीन कर्फ्यू

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि चक्रपथभित्र कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार बिहान ८ बजेदेखि आदेश लागू गरिएको हो। कर्फ्यू बालकुमारी पुलदेखि कोटेश्वर चोक हुँदै सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमती नदीको पुलसम्म फैलिएको चक्रपथभित्र लागू गरिएको जिल्ला प्रशासनले जनाएको छ। सोमबार जेनजीले गरेको […]

ललितपुरका विभिन्न क्षेत्रमा बिहानदेखि मध्यरातिसम्म कर्फ्यु

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरिइएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् । कर्फ्यु आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र […]

आरबिबि फोकस ४० को इकाई खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आरबिबि फोकस ४० को इकाई खरिद गर्नका लागि आज अन्तिम दिन रहेको छ । गत भदौ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको उक्त इकाई खरिदका लागि गर्ने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ । आरबिबि मर्चेन्ट बैंकिङ्गले प्रतिइकाई १० रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको […]