नयाँ वर्षमा रियलमी र एनसेलको सहकार्य: रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क टक टाइम

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर “न्यु यियर, न्यु मी विद एनसेल एण्ड रियलमी” नामक विशेष योजना सार्वजनिक गरेको छ । टेक्नोलोजी र कनेक्टिभिटीको राम्रो मिलन गराउने उद्देश्यसहित ल्याइएको यो अफर नेपाली ग्राहकको नयाँ वर्षलाई झनै रमाइलो बनाउँदै निकै उपयोगी बन्न सक्छ । यस योजना अन्तर्गत प्रयोगकर्ताले एनसेलको ७ दिनको अनलिमिटेड डाटा […]

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताएका छन्। अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल गर्न […]

भारतीय विद्युत मन्त्री खट्टर मंगलबार नेपाल आउँदै, अरुण–३ को अवलोकन गर्ने

काठमाडौं । भारतीय विद्युत र आभास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार (बैशाख ९ गते) नेपाल आउँन लागेका हुन् । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर आउन […]

आज पनि घट्यो नेप्से, ७ अंकले घट्दा बढ्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार एकल अंकले घटेको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार एकल अंकले घटेको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.७६ अंकले घटेर ४५५.८१ विन्दुमा पुगेर बन्द भएको छ […]

शिक्षाको भविष्यको यात्रामा सहकार्यको लागि क्याम्ब्रिजद्वारा दक्षिण एसियाली विद्यालय सम्मेलनको आयोजना

काठमाडौं । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट (क्याम्ब्रिज) अन्तर्गतको इन्टरनेशनल एजुकेशन समूहले आफ्नो दोस्रो वार्षिक दक्षिण एसियाली क्याम्ब्रिज विद्यालय सम्मेलन सम्पन्न गरेको छ। भारत, नेपाल, श्रीलङ्का, भुटान, बङ्गलादेश र मालदिभ्सका ४०० भन्दा बढी शिक्षक, विद्यालय नेतृत्वकर्ता तथा शैक्षिक विश्लेषकहरूको सहभागिता रहेको उक्त सम्मेलनले तीव्र परिवर्तन भइरहेको शिक्षाको परिदृश्यमा सहजीकरणको लागि क्याम्ब्रिजको प्रतिबद्धता पुनः पुष्टि गर्याे। […]

सय भन्दा बढी करदाताले बुझाएनन् कर, गरियो कारबाही

हेटौँडा। आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए। कर नबुझाएका करदाताबाट करिब रु ६० […]

गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न परेको निवेदन हेर्न नभ्याइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहित परेको निवेदन हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि भट्टलाई गभर्नर नियुक्त नगर्न परेको पुरक निवेदन हेर्न नभ्याइने भएको हो । आइतबार न्यायाधीशद्वय […]

रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । न्यायाधीश हरि फुयालको इजलासमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा हेर्न नमिल्ने भएको छ । राहदानी दुरुपयोगसम्बन्धी लामिछानेको रिट फुयालले नहेर्ने निर्णय गरेपछि उक्त मुद्दा हेर्ने नमिल्नेमा राखिएको हो । पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सोमबार न्यायाधीश फुयालको इजलासमा पेसी तोकिएको थियो । गैरकानुनी थुनामा राखेको भन्दै आइतबार […]

शिक्षकहरुको प्रर्दशन २० औं दिनमा

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरूले आज (सोमबार) पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा २०औं दिन आज पनि काठमाडौंमा प्रदर्शन भइरहेको हो । नेपाल शिक्षक महासंघका ललितपुर जिल्ला सदस्य दिनेश खड्काले माग पूरा नभएसम्म आन्दोलनले निरन्तरता पाउने बताए । ‘शिक्षकहरुको जायज माग सरकारले पूरा गर्नु बाहेक […]

रुग्ण आयोजनामा बजेट कटौती र केहीलाई खारेज गर्न योजना आयोगको सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको अभाव हुनसक्ने भएकाले रुग्ण र समस्याग्रस्त आयोजनामा व्यापक कटौती गर्नुपर्ने सुझावसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगले बुझाएको छ । आयोगले आइतबार आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाउँदै अनिवार्य दायित्वका क्षेत्रमै स्रोतको चाप देखि नसक्ने भएकाले रुग्ण आयोजनामा बजेट […]