नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारण सभा: निजी क्षेत्र सशक्त बनाउन आर्थिक सुधार र सुशासनमा जोड

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक रुपान्तरण, निजी क्षेत्रको सुरक्षा, लगानी विस्तार र सुशासन सुदृढीकरणलाई केन्द्रमा राख्दै विस्तृत धारणा राखेका छन् । उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले महासंघको ६० वर्षे यात्रालाई केवल संस्थागत इतिहास नभई नेपालको आर्थिक विकासमा जोडिएका “संघर्ष, संकल्प र साझेदारीका सुनौला […]

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले वैशाख १८ गतेदेखि अवकास पाएका छन् […]

रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द

रामेछाप । रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज (सोमबार) बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ । प्रहरीका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भएपछि रोशी खोलामा पानीको सतह बढेको छ । यसले […]

सुकुम्बासी बस्तीका बालबालिकालाई शिक्षा निरन्तरता सुनिश्चित गर्ने प्याब्सन सहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता

काठमाडौं ।  उपत्यकासहित देशका विभिन्न स्थानमा नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरू हटाउने सरकारी अभियान तीव्र बनेसँगै प्रभावित बालबालिकाको शिक्षामा पर्न सक्ने असरप्रति सरोकारवाला शैक्षिक संस्थाहरूले चासो व्यक्त गरेका छन् । यसै सन्दर्भमा आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण प्रसाद अधिकारी, एपेनका अध्यक्ष बद्री प्रसाद दाहाल, एन प्याब्सनका […]

सौराहामा पर्यटकको आगमन उत्साहजनक : व्यवसायी

चितवन । सातामा दुई दिन बिदा भएसँगै यहाँका पर्यटकीय क्षेत्रहरु चलायमान बनेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीले जनाएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिमा रमाउन यहाँ पर्यटक आउने गर्दछन् । गोष्ठीहरु र विवाहका लागि पनि पर्यटक सौराहा आउने गर्दछन् । गत […]

दक्षिण कोरियामा उत्तर कोरियाली महिला टोलीको दुर्लभ उपस्थिति

सोल । लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको उत्तर कोरिया र दक्षिण कोरियाबीच खेलकुदमार्फत देखिने दुर्लभ सम्पर्क फेरि एकपटक देखिने भएको छ । यसै सन्दर्भमा उत्तर कोरियाको एक महिला फुटबल टोलीले यही महिनाको अन्त्यतिर दक्षिण कोरियामा हुने क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तयारी भएको जनाइएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार प्योङयाङस्थित नेगोयाङ महिला एफसीले […]

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

एनआइसी एसिया बैंकलाई हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकले दियो अनुमति

काठमाडौं । एनआइसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति पाएको छ । बैंकले २ बराबर १ को सेयर अनुपातमा हकप्रद जारी गर्न अनुमति पाएको हो । अब यस बैंकले हकप्रद सेयर प्रस्ताव आगामी जेठ १८ गतेको साधारण सभामा पेश गर्नेछ । सभाबाट प्रस्ताव पारित भएपछि बैंकले थप प्रकृया […]

आज पनि घट्यो सुनको भाउ,बढ्यो चाँदी

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लख ९४ हजार ८ सय रुपैयाँमा कारोबर भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय  रुपैयाँ थियो । यस दिन चाँदी भने २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ […]

रास्वपाले तयार पारेको स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा यस्तो छ (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटको रुपरेखा सार्वजनिक गरेको छ । यसमा उम्मेदवार छनोटको प्रक्रियादेखि मापदण्डसम्मका विषय उल्लेख छन् । आकांक्षीले सबैभन्दा पहिले ‘क्यान्डिडेट क्लब’मा आवेदन दिनुपर्ने र आवेदकलाई निश्चित शीर्षकका अंकभार अनुसार अंक दिने व्यवस्था गरिएको छ । सबैभन्दा धेरै अंक पाउने व्यक्ति उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ । […]