एक महिनामा ७८ हजार पर्यटक भित्रिए

काठमाडौं । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार सात सय ११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो संख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८ दशमलव तीन प्रतिशत कम हो । अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ […]

देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो । बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपंक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक […]

सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत । पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली-मिलनचोक- बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर/ओमबुद्ध जेभी वसुन्धरा काठमाडौंको मोबिलाइजेसन पेस्की बापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो । १८ महिनाभित्र काम सम्पन्न गर्नेगरी १८ जेठ […]

नेपाल र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौताहरुमा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ।  यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि संघीय गणतन्त्र […]

हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको निधन

नयाँदिल्ली । भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा मङ्गलबार राति ठूलो भूस्खलनको भग्नावशेष बसमा ठोक्किँदा कम्तीमा १५ जनाको निधन भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । दुर्घटना बिलासपुर जिल्लाको पहाडी भागमा भएको हो । केही दिनदेखि भइरहेको अविरल वर्षापछि पहाड खस्दा सो बस भग्नावशेषमा परेको हो । बसमा करिब २० देखि २५ जना यात्रु सवार रहेका […]

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह […]

स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु

रसुवा । यही असोज १८ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त यहाँको स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु गरिएको छ । सडक मर्मतका लागि गोसाइँकुण्ड गाउँपालिकाको स्काभेटर र सडक विभागको डोजर प्रयोग गरिएको छ । याङयाङदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडकको २० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्याएको छ । सडक विभाग र गाउँपालिकाले संयुक्त रुपमा मर्मत सुरु गरेको […]

बैंकिङ प्रणालीमा अधिक तरलता, आज फेरि २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ११ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका लागि निक्षेप […]

पालिकाले मनोमानी गरेको भन्दै उद्योग वाणिज्य संघले गर्यो कर नतिर्ने घोषणा

काठमाडौं । भीरकोट उद्योग वाणिज्य संघले भीरकोट नगरपालिकालाई कुनै पनि प्रकारको स्थानीय कर नतिर्ने घोषणा गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै स्थानीय क्लबले व्यापारिक मेला आयोजना गर्न लागेको र नगरपालिकाले अनुमति दिएको भन्दै असन्तुष्टि जनाउँदै यो कठोर कदम चालेको हो । अध्यक्ष नुवादत्त अर्यालका अनुसार बिहीवारदेखि एक स्थानीय क्लबले ‘रमाइलो मेला’को नाममा व्यापारिक स्टल […]

विकास ऋणपत्रमार्फत सरकारले १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । सो ऋणपत्रको परिपक्व अवधि सात वर्ष रहेको छ । उक्त ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०८९’ (NPDB07072089) नाम दिइएको छ । ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, […]