अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो र पाउन्डको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो र पाउन्डको भाउ बढेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो […]

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई […]

होटेल सारथीले आईपीओ जारी गर्ने, विक्री प्रबन्धमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । होटेल सारथी प्रालि र सिटिजन्स क्यापिटल लिमिटेडबीच आईपीओ जारी गर्ने प्रक्रियाका लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । होटेल सारथी, धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । होटेल सारथीले जारी पुँजीको ३० प्रतिशतले […]

सूचना सुरक्षाका लागि शिखर इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय प्रमाण पत्र

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि आइएसओ ISO/IEC 27001:2022 प्रमाणीकरण प्राप्त गरेको छ। इन्स्योरेन्सले प्रमाणिकरणसँगै सूचना सुरक्षामा उच्च प्रतिबद्धतालाई प्रमाणित गरेको भन्दै प्रतिकृया दिएको छ। इन्स्योरेन्सले जोखिम व्यवस्थापन, र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यप्रति सधैं समर्पित रहेको जनाएको छ। प्रमाणिकरणले शिखर इन्स्योरेन्सले कारोबारसँग सम्बन्धित सम्पूर्ण सूचनाहरूको उचित व्यवस्थापन, भण्डारण र वितरणका लागि […]

राजस्व वृद्धि चुनौतीपूर्ण, अन्य सम्भावना खोज्न आवश्यकः योजना आयोग उपाध्यक्ष अधिकारी

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीले आगामी आर्थिक वर्ष २०८२/८३ मा राजस्व परिचालनमा उल्लेखनीय सुधारको सम्भावना न्यून रहेको बताएका छन्। आगामी बजेट तर्जुमा सम्बन्धी नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हस्तान्तरण गर्दै उपाध्यक्ष अधिकारीले यस्तो बताएका हुन्। उनले भने, ‘राजस्वमा उल्लेखनीय वृद्धि हुन नसकेको वर्तमान अवस्थामा खर्च व्यवस्थापन कसरी गर्ने भन्ने […]

मुलुकको आयात र निर्यात दुवै उकालो लाग्यो

काठमाडौं । मुलुकको आयात र निर्यात दुवै उकालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकमा आायात र निर्यात दुवै बढेको देखिएको हो । चालु आवको चैत मसान्तसम्म मुलुकमा १३ खर्ब ९ खर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । […]

एमएडब्ल्यू वृद्धिले नेपालभर १०० भन्दा बढी इभी चार्जिङ स्टेसन सञ्चालन गर्दै हासिल गर्‍यो ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको विद्युतीय सवारी (इभी) क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै एमएडब्ल्यू वृद्धिले नेपालभर १०० भन्दा बढी सञ्चालनमा रहेका इभी चार्जिङ स्टेशनहरूको स्थापना गर्दै एक महत्वपूर्ण कोशेढुङ्गा पार गरेको छ। यस ऐतिहासिक उपलब्धिको उपलक्ष्यमा कम्पनीले एक विशेष कार्यक्रमको आयोजना गर्दै इभी उद्योगका प्रमुख व्यक्तित्वहरू, रणनीतिक साझेदारहरू तथा इभी प्रयोगकर्ताहरूलाई एकै थलोमा एकत्रित गर्‍यो। कार्यक्रममा केक काट्ने […]

सिटिजन्स बैंकले मनायो १८औं वार्षिकोत्सव, नविन सेवा र योजनाहरुको घोषणा

काठमाडौं । २०६४ साल वैशाख ७ गते वाणिज्य बैंकको रूपमा औपचारिक रूपमा स्थापना भई वित्तीय सेवा क्षेत्रमा उत्कृष्टता स्थापित गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज २०८२ साल वैशाख ७ गते १८औं वार्षिकोत्सव मनाएको छ। १८ वर्षको यस यात्रामा बैंकले निरन्तर सेवा विस्तार गर्दै १८ लाख ७९ हजार ग्राहकहरूलाई विविध वित्तीय सेवामा पहुँच र्पुयाउन सफल […]

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौंः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना […]

दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न ३०० खर्ब आवश्यक पर्ने

काठमाडौं । सन् २०२४ देखि २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिब ३०० खर्ब रूपैयाँ लगानी आवश्यक पर्ने भएको छ । राष्ट्रिय योजना आयोग सार्वजनिक गरेको दिगो विकास लक्ष्य आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१ मा दिगो विकासको लक्ष पुरा गर्नका लागि २९९ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यकता पर्ने उल्लेख गरिएको […]