कोसेली छाला जुत्ता उद्योगलाई २ लाख जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । काठमाडौँ १६ स्थित उक्त उद्योगले अंकति अधिकतम मूल्य अर्थात् एमआरपी सहितको लेबल नलगाएको पाइएपछि जरिवानासहित बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको छ । साथै बुधवार अनुगमनमा गएको टोलीले नागार्जुनको नेपाल जुत्ता फ्याक्ट्रीलाई सामान्य निर्देशन दिएको छ […]

अपर तामाकोशी हाइड्रोको अध्यक्षमा हितेन्द्रदेव शाक्य

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालक पदमा हेरफेर भएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य कम्पनीको सर्वसम्मत अध्यक्ष बनेका हुन्। कम्पनीको गत चैत २९ मा बसेको २९६औँ बैठकले उनलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको कम्पनी सचिव सुरेशराज खकुरेलले जानकारी दिए। शाक्य सोही महिना २१ गतेको प्राधिकरणको पत्रानुसार प्रतिनिधिको रुपमा सञ्चालकमा मनोनयन […]

हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना, मौसमको जानकारी लिएर गहुँ काट्न सुझाव

काठमाडौं ।  आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । अहिले देशका विभिन्न स्थानमा हिउँदेबाली भित्राउने समय भएकाले खासगरी कृषकहरुले वर्षात र हावाहुरीका कारण हुने क्षति रोक्न आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर मात्रैे काम गर्न मौसमविदले सुझाव दिएका छन । अहिले गहुँ, मसुरो जस्ता […]

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक पोख्रेलको पदावधि समाप्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक मदन पोख्रेलको पदावधि समाप्त भएको छ। कम्पनीको सञ्चालक समितिको वैशाख ४ गते बसेको बैठकले सञ्चालक समितिका सदस्य मदन पोख्रेलको कार्यकाल समाप्त भएको जनाएको छ । उनको कम्पनीमा ३ वर्षे कार्यकाल रहेको थियो ।

आलुखेतीबाट ८ लाख आम्दानी

इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए । उनले सबै खर्चसहित ६ लाख खर्च गरेका थिए । त्यसबाट करिब १४ लाखको आलु उत्पादन भको बताए । तीन महिना मिहिनेत गरेर आलुखेतीबाट आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । १४ लाखको आलु बिक्री गर्दा सबै […]

मातृभूमि लघुवित्तको साधारणसभा सम्पन्न, एफपीओ प्रस्ताव पारित

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।वैशाख २ गते काठमाडौंको बुढानीलकण्ठस्थित होटल अमुप्रस्था बैंक्वेटमा लोकराज शर्माको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र सर्वसाधारणका लागि थप शेयर निष्काशन (एफपीओ) सम्बन्धी प्रस्तावहरू पारित गरेको छ। सभामा शेयर सदस्यहरूले […]

यस वर्ष पनि नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । यस संस्थाको बुधबार दिउँसो ३ : ३० बजे बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यो सँगै विगत तीन वर्ष देखि कम्पनीले संस्थाले लाभांश वितरण गरेको छैन । संस्थाले २०७८ पछि कुनै पनि प्रकारको […]

४ ठेकदार कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक निर्माणमा लापरबाही र अनुशासनहीनता देखाएको आरोपमा चार निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। बिहीवार एक सूचना जारी गर्दै कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार उक्त कदम चालेको जनाएको हो। कार्यालयका अनुसार दुई निर्माण कम्पनीलाई एक वर्षको लागि र बाँकी दुईलाई डेढ वर्षसम्मको अवधि […]

विन नेपाल लघुवित्तको एफपीओ आइतबार बाँडफाँट गरिने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) आउँदो आइतबार बाँडफाँट गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्ध नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट हुनेछ। एफपीओ बाँडफाँट कार्यक्रममा बिहान ८ बजे राखिएको छ। विन नेपाल लघुवित्तले गत चैत २१ गतेदेखि चैत २६ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। संस्थाले […]

सुनको मूल्य बढेको बढे, प्रतितोला १ लाख ९० हजार ६०० तोकियो

काठमाडौं । बिहीबार सुनको मूल्य ह्वत्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुन प्रतितोला ३ हजार ६०० ले बढेको हो । यो सँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६०० तोकिएको छ । बिहीबारका लागि तोकिएको सुनको मूल्य हालसम्म कै उच्च हो । बुधबार प्रतितोला १ लाख ८७ […]