स्वाभिमान लघुवित्तको साधारणसभा वैशाख १९ गते

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा २०८२ वैशाख १९ गते स्वाभिमान लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय तिलोत्तमा ५, रुपन्देहीमा हुने भएको हो । चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको हो । साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने आर्थिक बर्ष २०८० / ०८१ को […]

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

काठमाडौं । नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । जिम्मेवार निकायहरु, कृयाकलाप र कृयाकलाप सम्पन्न गर्ने समयसीमासहित कार्य योजना कार्यान्वयन गरिने भएको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद […]

२ अर्ब ५० करोडको ऋणपत्र जारी गर्दै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वैशाख ७ गतेदेखि प्रति ऋणपत्र एक हजार रुपैयाँका दरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । जसमध्ये १५ लाख कित्ताले हुन आउने १ अर्ब ५० करोड ऋणपुँजी […]

पोखरामा सवा अर्ब लगानीमा बन्यो टेम्पल बेल बुटिक होटल

काठमाडौं । पर्यटन राजधानी पोखराको लेकसाइडमा रु एक अर्ब २५ करोड लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो । नेपाली मौलिकता र अन्तरराष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुभयो […]

आज कालिमाटीमा कुन तकारीको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५, गाजर […]

बेस्ट फाइनान्सले घटायो संस्थापक शेयरधनीको शेयर स्वामित्व

काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर स्वामित्व घटाएको छ । कम्पनीले गत कात्तिक १४ गते सम्पन्न २७ औँ वार्षिक साधारण सभाले गरेको निर्णय बमोजिम शेयरधनीहरुको शेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्रको दफा संशोधन गरी संशोधित स्वामित्व संरचना बमोजिम संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गरी अभिलेख गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ । […]

अमेरिकी डलरसहित युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । मंगलबार अमेरिकी डलरसहित युरोपियन युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर र दिनारलगायत अधिकांश मुद्राको भाउ बढेकोमा आज पनि अधिकांश मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ […]

आजको मौसम : स्थानीयसँगै बंगालबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक-दुई […]

सेबोनद्वारा अघिल्लो फण्ड व्यवस्थापन गर्न नसकेको कम्पनीलाई पुनः नयाँ फण्ड सञ्चालनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अघिल्लो लगानी कोष (फण्ड) व्यवस्थापन गर्न असफल भएको नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडलाई पुनः अर्को नयाँ फण्ड व्यवस्थापन गर्न अनुमति दिएको छ। सेबोनले कम्पनीलाई ५० करोड रुपैयाँको ‘नेशनल हाइड्रो फण्ड–२’ सञ्चालनको अनुमति दिएको हो । जसबाट जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गरिनेछ। नेशनल फण्ड म्यानेजमेन्टलाई यसअघि २०८० असोज ४ गते […]

नेपाल उद्योग वाणिज्य महासंघद्धारा म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । महासंघका विपद् व्यवस्थापन समितिका सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधी मार्फत राहत सामाग्री हस्तान्तरण गरेको हो । महासंघले राहत स्वरुप चामल, मसुरो दाल, भाडाँकुडाको सेट, मस्क्युटो नेट, ब्लड ब्याग, ब्लड ट्रान्सफ्यूजन सेट, ब्यान्डेज, इलास्टिक एडजेस्टेबल ब्याण्ड तथा पेपर टेप लगायतका […]