ट्रम्प र पुटिनवार्ताअघि जेलेन्स्की र युरोपेली नेताले अनलाइन शिखर सम्मेलन गर्ने

युरोपेली नेता तथा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार अनलाइन वार्ता गर्ने भएका छन्। अलास्कामा राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबारे छलफल गर्दा किएभको हितलाई सम्मान गर्न सहमत गराउने प्रयासका लागि युरोपेली नेताहरूले अनलाइन वार्ता गर्ने निर्णय गरेका बताइएको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जका अनुसार जेलेन्स्की जर्मनीमा आयोजना हुने […]

निरन्तर तीन दिन घट्यो शेयर बजार, सँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६१ अंकले घटेर ४७९.७६ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.६९ अंकले र सेन्सेटिभ इन्डेक्स ०.६५ अंकले घटेको हो । […]

‘दुईवटा आइएसआइएन नम्बर आवश्यक छ’

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुको ५ वटा संघसंगठनहरुले अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर(आइएसआइएन नम्बर) सम्बन्धी निर्देशिका स्वागत योग्य भएको बताएका छन् ।  संघसंगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै दास्रो बजारमा कारोबारमा रहेका केही कम्पनीका संस्थापक सेयरधनीहरुले लकइन अवधि नखुल्दै सेयर बिक्री गर्ने गरेको र यसले विकृति बढेको उनीहरुले आरोप लगाएका छन् । हाल सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अगाडि […]

उत्तर कोरियाली र रूसी नेताहरूद्वारा युक्रेनलाई लिएर आफ्नो गठबन्धनको पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनाबद्ध भेटअघि उत्तर कोरियाली नेता किम जोङ उन र पुटिनले आफ्नो गहिरिएको सम्बन्ध र युक्रेनविरुद्धको युद्ध प्रयासहरूबारे छलफल गर्न फोन वार्ता गरेको दुवै देशको राज्य सञ्चारमाध्यमले बुधबार जनाएका छन् । मङ्गलबारको कुराकानीमा पुटिनले रुसको कुर्स्क सीमा क्षेत्रमा युक्रेनी आक्रमणलाई रोक्न रुसी सेनासँग लडाइँ गर्दा उत्तर कोरियाली […]

एशियन थाइ फुड्सले आईपीओ निष्कासनका लागि हिमालयन सेक्युरिटीजलाई निष्कासन प्रबन्धक नियुक्त गर्यो

विराटनगर । नुडल्स र स्न्याक्सको अग्रणी निर्माता तथा निर्यातकर्ता एशियन थाइ फुड्स लिमिटेड (एटीएफ) ले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को निष्कासन प्रबन्धकका रूपमा काम गर्न हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडसँग रणनीतिक सम्झौताको घोषणा गरेको छ। सम्झौतामा एशियन थाइ फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीजका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठ, एशियन थाइ […]

यती एयरलाइन्सले नयाँ विमान थपेसँगै गर्यो आम्दानीमा सुधार, ९ महिनामा कमायो ४ अर्ब ११ करोड

काठमाडौं । यती एयरलाइन्स लिमिटेडले गत आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष (सन् २०२४) मा ४ अर्ब २५ करोड ८० लाख, सन् २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख, सन् २०२२ मा ३ अर्ब ९२ करोड र सन् २०२१ मा १ अर्ब […]

अपि पावरले दिव्य ज्योति कम्पनी खरिद गर्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्रा.लि को सम्पूर्ण स्वामित्व लिने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल दिव्य ज्योति हाइड्रोपावरमा रहेको सम्पूर्ण सेयर खरिद गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ। दिव्य ज्योति हाइड्रोपावरले ५० मेगावाट क्षमताको मस्याङ्गदी बेसी जलविद्युत आयोजना निर्माणको तयारी गरिरहेको छ। पूर्ण स्वामित्व […]

बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूलखेती

बागलुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रुपमा फलफूल तथा सागसब्जीखेती थालिएको छ । परियोजना एकाइका प्रमुख नारायण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई जोडेर व्यावसायिक खेतीतर्फ आकर्षित गर्न चक्लाबन्दी गरिएको हो । जग्गा चक्लाबन्दी गरेपछि गाउँका खाली […]

१२ वाणिज्य बैंकमध्ये ५ वटाको प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा धेरै, कुनको कति ?

काठमाडौं । हालसम्म १२ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये ५ वटा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ भन्दा धेरै छ । ९ वटा बैंकको इपीएस १० रुपैयाँ  भन्दा बढी देखिएको छ । बैंकहरुको नाफामा सुधार आएसँगै प्रतिसेयर आम्दानी पनि बढेको हो । १२ मध्ये २ वटाको भने उक्त […]

नेपाल धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त भएका छन् । निजीक्षेत्रबाट प्रतिनिधित्व गर्दै ढकाल सेबोनको सञ्चालक नियुक्त भएका हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् । उनलाई बुधबार एक कार्यक्रमकाबीच बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका हुन् ।