RE
Global College

मन्त्रिपरिषद् विस्तारको तयारी, आजै शपथ ग्रहण हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् ।
उनले चारै जनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन्। शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गरिने बताइएको छ।

नयाँ मन्त्रीमा डा। सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, खगेन्द्र सुनार श्रम तथा रोजगार र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनेछन्।

स्त्री–प्रसूति रोग विशेषज्ञ डा. शर्मा पूर्वस्वास्थ्य सचिव तथा नेपाल मेडिकल एसोसिएसनको पूर्व अध्यक्ष हुन्। यस्तै श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् भने सुनार दलित अधिकारकर्मी हुन्। गुप्ता सामाजिक कार्यक्रम र कोभिडकालीन अभियानमार्फत परिचित छन्।

NECO

Leave Your Comment

Related News