प्रधानमन्त्री केपी शर्मा ओलीको केरुङ र लेन्देखोला बाढीको उद्दारका लागि सूचना समन्वयका लागि अनुरोध

काठमाडौं । आज बिहान रसुवा जिल्लाको रसुवा गढी क्षेत्रमा चीनको केरुङ र लेन्देखोलातर्फबाट अचानक आएको भीषण बाढीले रसुवागढी क्षेत्रमा ठूलो  धनजनको क्षेति भएपश्चात प्रधानमन्त्री केपी शर्मा ओलिले मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई ‘हाई एलर्ट’मा राखेको  बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आज बिहान पोष्ट लेख्दै यस्तो बताएका हुन । उनले भनेका […]

केरुङ–लेन्देखोलाको बाढीले रसुवागढी जलविद्युत र सुख्खा बन्दरगाहमा ठूलो क्षति

काठमाडौं । आज मंगलबार बिहान चीनको केरुङ र लेन्देखोलातर्फबाट अचानक आएको भीषण बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवागढी जलविद्युत आयोजना अन्तर्गतको बाहिरी संरचना पूर्ण रूपमा ध्वस्त भएको जनाइएको छ। मंगलवार बिहान करिब ३ बजे आएको बाढीले टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा समेत क्षति पुर्‍याएको छ। बन्दरगाह परिसरमा भन्सार जाँचका लागि राखिएका र […]

राप्ती हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सतशप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत असार १ गतेदेखि निष्कासन भएको हकप्रदमा आवेदन दिने दिन यसअघि असार २२ गतेसम्म रहेकोमा २ दिन थप गरी असार २४ गतेसम्म कायम गरिएको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको […]

दाउरा काट्न जाँदा त्रिशूलीको बाढीमा फसेका दम्पत्तिको हेलिकोप्टरबाट उद्धार

काठमाडौं । दाउरा काट्न जाँदा चीनमा भएको वर्षाको कारण एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेका दम्पत्तिको हेलिकोप्टरबाट उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट नुवाकोट, विदुर नगरपालिका १ लभडाँडा मिलन चौतारा बस्ने ६७ वर्षीय पाल्देन तामाङ र श्रीमती ६२ वर्षीय मंगली तामाङको उद्धार गरिएको हो । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरु दुवैको […]

बाढीले रसुवागढी हाइड्रोको ड्याममा क्षति, चार्जिङ स्टेसन र भन्सार यार्डमा पनि हानी

काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरे क्षेत्रमा आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ । सशस्त्र प्रहरीको प्रारम्भिक सूचनाअनुसार बाढीले टिमुरेस्थित चार्जिङ स्टेशनमा राखिएका करिब ७/८ वटा विद्युतीय सवारी साधन बगाएको छ भने भन्सार कार्यालय रसुवाको यार्डमा रहेका ८/९ वटा लोड कन्टेनर डिब्बाहरु पनि बगाएका छन् । यस बाढीले १११ मेगावाटकाे रसुवागढी जलविद्युत आयोजनाको ड्याम […]

रसुवामा बाढी : उद्धार गर्न गएका ११ जना सुरक्षाकर्मी पनि फसे

काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताए […]

राजस्व छुटको नीतिले सरकार नै अप्ठेरोमा, संसदमार्फत् खोजिने पारदर्शीता

काठमाडौं । सरकारको प्रतिवदेनले राजस्व छुटको नीतिले सरकार स्वयं अप्ठेरोमा परेको बताएको छ । राजस्व छुटले सरकार अप्ठेरोमा परे पनि सरकारले त्यसको समाधानको उपाय खोजी नगर्दा सरकार थप समस्यामा परेको देखिन्छ । सरकारले काननुमा व्यवस्था गरे बमोजिम विभिन्न शीर्षकमा राजस्व छुट दिने गरेको छ । वार्षिक रुपमा अरबौं राजस्व छुटले गर्दा अर्कोतर्फ राजस्व असुली तथा […]

हिमस्टार ऊर्जाको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले आजदेखि  ११ लाख १९ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्दैछ । कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत ११ करोड १९ लाख रुपैयाँ बराबरको उक्त साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १ करोड ८६ लाख […]

केन्द्रीय कार्यालयका लागि घर र जग्गा किन्दै महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले घर वा जग्गा खरिद गर्ने भएको छ । केन्द्रीय कार्यालयका लागि घर / जग्गा खरिद गर्न आवश्यक भएकाले शर्त बन्देजहरुको अधिनमा रही बिक्री प्रस्ताव पेश गर्न बैंकले सूचना जारी गरेको छ । चक्रपथसंग जोडिएको वा चक्रपथभित्र २ रोपनीदेखि ४ रोपनीसम्म जग्गा वा घर कम्तिमा ३० हजार वर्ग फिट क्षेत्रफल […]

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र […]