२८.५३ प्रतिशतले घट्यो निफ्राको नाफा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) नाफा घटेको छ।  बैंकले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको विवरण अनुसार बैंकको नाफा घटेको हो । उक्त वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा २८.५३ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको खुद नाफा ९० करोड रुपैयाँ थियो भने […]

एनसेलले ल्यायो एसईई विद्यार्थीलक्षित ‘पहिलो सिम’ योजना: निःशुल्क अनलाइन लर्निङ सहित गेमिङ सुविधा

काठमाडौं । एनसेलले(एसईई) दिएर बसेका  विद्यार्थीहरूलाई लक्षित गरी ‘पहिलो सिम’ नामको विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो यपजनमा  विद्यार्थीहरूले कर सहित ५०  रुपैयामा मा प्रिपेड सिम प्राप्त गर्न सक्नेछन्। यो योजनामा सहभागी विद्यार्थीहरूले आफूले चाहेको मोबाइल नम्बर छनोट गर्ने सुविधा समेत पाउनेछन्। सिम सक्रिय गरेसँगै २ जीबी डाटा, सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने […]

बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक। वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभे्रको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । कटुञ्जे–मङ्गलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही समय लाग्ने कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए। उनका अनुसार […]

५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा: यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

काठमाडौं ।  यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एम. ए. डब्लू. राइड्स प्रा. लि. मार्फत् भृकुटीमण्डपमा सञ्चालन भइरहेको यामाहा ब्लु फेस्ट अन्तिम दिनमा प्रवेश गर्दै गर्दा ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत एकजना प्रमुख विजेताको घोषणा गरिएको जनाएको छ । भ्याली रोड मोटर्स प्रा. लि. मार्फत् फाइनान्स तथा एक्सचेन्ज सेगमेन्ट अन्तर्गत RayZR 125 Fi Hybrid खरिद […]

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ […]

अन्नपूर्णमा आरोहण सुरु

म्याग्दी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वातारोही शनिबार अन्नपूर्णको चुचुरो चुमेका हुन् । सेभेन समिटका अनुसार आरोहण गर्नेहरूमा क्यानडाका चाल्र्स पेज, […]

नाफासँगै बढ्यो कामना सेवा विकास बैंकको प्रतिसेयर आम्दानी

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नाफामा करिब साढे १९ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १९.३७ प्रतिशतले नाफा बढेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही […]

नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित नागेश्वर मध्यवर्ती सामुदायिक वन, जहाँ बिहानको सुरुआत चराचुरुङ्गीको मधुर स्वरबाट हुन्छ । खुला मैदानमा निलगाई र चितल निस्फिक्री चरिरहेका देखिन्छन् । कहिलेकाहीँ मयूरको नृत्यले वातावरण झन् रमाइलो बनाइदिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको यो वन क्षेत्र प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण छ । यति धेरै सम्भावना हुँदाहुँदै पनि स्पष्ट योजना, […]

५ करोडको कारोबार गर्दै सकियो आलु महोत्सव

कास्की । पाँच करोड बढीको कारोबार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव सम्पन्न भएको छ । गत २७ चैतबाट सुरु महोत्सवको अन्तिम दिन ५ वैशाख शनिबारसम्म ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोबार भएको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले […]

विद्युत् महसुल संकलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संकलन प्रक्रियालाई थप सहज र सरल बनाउने उद्देश्यका साथ इच्छुक सेवा प्रदायकहरूसँग प्रस्ताव माग गरेको छ । महसुल संकलनका लागि आवश्यक सहजीकरणका लागि विद्युतीय माध्यमबाट काम गर्ने वा गराउने फर्मलाई प्रस्ताव पेस गर्नका लागि आग्रह गरेको हो । प्राधिकरणले सेवाप्रदायक संस्था दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, विद्युतीय माध्यमबाट […]