राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । यस्तै, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री […]

संवैधानिक निकायका नियुक्ति बिरुद्दको फैसला आज आउने

काठमाडौं । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लोक सेवा आयोगका प्रमुख आयुक्त लगायत संवैधानिक आयोगका  पदाधाकारी सहित संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग राखि दायर गरिएको मुद्दाको आज फैसलाको  निर्णय सुनाउने दिन आज असार १८ गते रहेको छ   । यसअघि सर्वोच्चको संवैधानिक इजलासले जेठ २८ गतेको लागि  लागि फैसलाको निर्णय सुनाउने दिन […]

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा वाणिज्य बैंक र वित्तले बढायो, विकास बैंकले घटायो

काठमाडौं । बजार, घरजग्गा, उत्पादनमुलक क्षेत्र लगायतका क्षेत्रहरु चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितो राखेर दिने कर्जा प्रवाहदरमा वृद्धि गरेको छ । व्यापारिक क्षेत्र, आयात व्यापार, घरजग्गा क्षेत्रमा कर्जा माग न्यून भए सँगै बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको विज्ञहरु बताउछन् । नेपाल राष्ट्र बैंकका अनुसार समग्रमा बैंक […]

देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशका अधिकांश भागमा हल्का वर्षा हुनेछ । आज देशभर साधारणतया बदली रहने कोशी, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि […]

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो

काठमाडौं । विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य घटाएको घोषणा गरेको छ । लाइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन रहेको छ । घटाइएको नयाँ मूल्यले नेपाली प्रविधि प्रेमीहरूलाई अझ सजिलो हुने भएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले भने, “शाओमी १४टी नवीनता […]

उद्योग मन्त्री भण्डारी सँग चिनियाँ राजदूत सोङ्गको शिष्टाचार भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा दुई देशबिचको सम्बन्ध र पारस्परिक सहकार्यको सम्भावनाका विषयमा विस्तृत छलफल भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र चीनबिचको सम्बन्ध ऐतिहासिक र घनिष्ठ रहेको उल्लेख गर्दै भने, “नेपाल र जनवादी […]

नाडासँगको छलफल पछि मात्र सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका जारी गरिने

काठमाडौं । सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ नाडा (नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन) सँगको विस्तृत छलफलपछि मात्र जारी गरिने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ। आज नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गरी निर्देशिकाका प्रावधानबारे छलफल गरेको हो। महानिर्देशक पोखरेलले निर्देशिका तयारी अन्तिम अवस्थामा रहे पनि नाडा […]

कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेड सँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप Kumari Smart मार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ । भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट […]

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले आज मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

काठमाडौं । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाउने गर्दछ। विश्वभर यो दिवस यामाहाको इन्जिनियरिङ, मोटरस्पोर्ट्स र संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ। यस वर्ष, यामाहाले “Bridging Old and New, Through Kando Actions” भन्ने मूल नारासहित ७० औं वार्षिकोत्सव मनाउँदैछ। नेपालमा यो उत्सव अझ विशेष र भावनात्मक बनेको छ, किनकि […]