राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटर्वार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गरेका छन्। राष्ट्रपति कार्यालय शीतलमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका संघ (आइपियु) को १५१ औँ महासभामा नेपालको संघीय संसद्को तर्फबाट सहभागी हुनेबारे जानकारी गराएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपियुको १५१ औँ महासभा स्विट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९–२३ […]

