इजरायलमा मोदी : रणनीतिक साझेदारीको नयाँ चरण

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रणनीतिक, व्यापारिक र रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्यसहित बुधबार दुई दिने भ्रमणका लागि इजरायल पुगेका छन् । मध्यपूर्वमा बदलिँदो भूराजनीतिक सन्तुलनबीच उहाँको यो भ्रमणलाई द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रयासका रूपमा हेरिएको छ । प्रस्थानअघि जारी वक्तव्यमा प्रधानमन्त्री मोदीले भारत र इजरायलबीच ‘बलियो र बहुआयामिक रणनीतिक साझेदारी’ रहेको […]

जापानद्वारा तेहरानमा हिरासतमा रहेका जापानी नागरिकलाई रिहा गर्न माग

टोकियो । जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई तत्काल रिहा गर्न इरानी अधिकारीहरूसँग आग्रह गरेको छ । जापानको उप प्रमुख क्याबिनेट सचिव मसानाओ ओजाकीले बुधबार विदेशी मिडियासँगको कुराकानीमा ती नागरिकलाई जनवरी २० मा हिरासतमा लिइएको मात्र पुष्टि गरे । उनले गोपनीयता र सुरक्षा कारण देखाउँदै थप विवरण दिन अस्वीकार गरे । ओजाकीले […]

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना

काठमाडौं । नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षाका लागि परिचालन भएको नेपाली सेनाले विगतमा जस्तै यसपटक पनि सुरक्षा व्यवस्थाको योजना बनाएको […]

अमेरिकी आरोपप्रति इरानको कडा प्रतिवाद

तेहरान । संयुक्त राज्य अमेरिकामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र विकास गरिरहेको भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले ‘ठूलो झुट’ भन्दै कडा रूपमा अस्वीकार गरेको छ । तेहरानले आफ्नो मिसाइल र आणविक कार्यक्रमबारे अमेरिकाले दोहोर्‍याउँदै आएको आरोपलाई आधारहीन प्रचारका रूपमा चित्रित गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी दाबीलाई ‘ठूलो […]

हुलास फिनसर्भ हायर पर्चेजले प्रिमियममा आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा दियो आवेदन

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रति कित्ता प्रिमियमसहित ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ मा निर्वाचनका दिन कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय हवाइ उडान नरोकिने भएकाले पर्यटकका सवारी साधन सञ्चालनका लागि अनुमतिको व्यवस्था गरिएको […]

अफगानिस्तानको गोलीबारीमा पाकिस्तानको प्रतिक्रिया

इस्लामाबाद । पाकिस्तानले मङ्गलबार पाकिस्तान–अफगानिस्तान सीमामा अफगानिस्तानको गोलाबारीको जवाफ दिएको पाकिस्तानी प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले बताएका छन् । अफगान पक्षले पाकिस्तानको उत्तर– पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तोरखाम र तिराह उपक्षेत्रमा पाकिस्तान–अफगानिस्तान सीमामा विना कारण गोलाबारी सुरु गरेको प्रवक्ताले बताए। उनले पाकिस्तानको सुरक्षा बलले तुरुन्तै र प्रभावकारी रूपमा जवाफ दिएको बताउँदै देशले आफ्ना नागरिकहरूको रक्षा गर्न र […]

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काभ्रेपलाञ्चोक । सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका दुई सङ्कटग्रस्त सहकारीबाट ऋण लिई नतिर्ने तथा सम्पर्कमा नआउने ऋणीलाई कारबाहीको दायरामा ल्याउने प्रशासनले चेतावनी दिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिकामा सञ्चालित दुई सहकारीबाट ऋण लिई नतिर्ने ऋणीलाई तत्काल […]

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेका छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबार मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गरे । त्यस […]

हाम्रो प्रणालीले कसैलाई बहुमत दिँदैन, अब कसरी गर्ने निर्वाचन प्रणालीमा सुधार?

भोजराज पोखरेल लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, राज्यको वैधता, समावेशिता र जनविश्वासको आधारस्तम्भ हो। निर्वाचन प्रणालीलाई समयानुकूल सुधार नगर्ने हो भने लोकतन्त्रको संस्थागत मजबुती कमजोर हुन सक्छ । नेपालको निर्वाचन प्रणालीलाई अझ समावेशी, पारदर्शी र विश्वसनीय बनाउन सकिएमा मात्रै लोकतन्त्रलाई संरचनात्मक रुपमा मात्र नभई व्यावहारिक रूपमा पनि जनमुखी बनाउन […]