एनपिएलः आज खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । […]

राष्ट्र बैंकले माग्यो एआई मार्गदर्शनमा सरोकारवालाको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एआई मार्गदर्शन  तयार गरि   आम सरोकारवालको सुझावको लागि आव्हान गरेको छ   । नेपाल राष्ट्र बैङ्ले  आफुले तयार गरेको एआई मार्गदर्शन को मस्यौदा आफ्नो वेभ साडटबाट सार्वजनिक गर्दै आम सरोकारवालाको सुझाव माग गरेको छ  ।  www.nrb.org.np\category\notices मा राखिएको ले उक्त मार्गदर्शन उपर कुनै राय सुझाव भएमा पुष १५ भित्र लिखित रुपमा […]

आशा लघुबित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले आशा लघुवित्त बित्तिय संस्थाको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मूल्य समायोजन पश्चात १ हजार ९० रुपैँया ४१ पैसा तय गरेको छ । कम्पनीले शेयर धनीलाई ९.५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । बुक क्लोज अगाडि कम्पनीको शेयर मूल्य १हजार १ सय ९४ रुपैँया रहेको थियो ।

मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । एन. आर. एन. इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को ७८ हजार २ सय ९ कित्ता संस्थापक  शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको उक्त संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक  हाल कायम संस्थापक शेयर धनीले उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूको जानकारीको लागि यो सूचना प्रकाशित […]

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो । निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सवारीसाधन निरन्तर आवतजावत हुँदा सडक निर्माणले गति लिन नसकेको […]

मुस्ताङका उच्चलेकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङका उच्च लेकहरूमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या एकीन गर्न विस्तृत अध्ययन अनुसन्धान सुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको संयुक्त समन्वयमा यो कार्य थालिएको हो। बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङका अनुसार हिउँ चितुवाको सङ्ख्या, उनीहरूको आहारा प्रजातिको अवस्था, मानव–हिउँ चितुवाबिचको द्वन्द्व तथा जलवायु परिवर्तनको प्रभावबारे […]

सानिमा बैंक लिमिटेड २१औं वर्ष पूरा गर्दै २२औं बर्षमा प्रवेश

काठमाडौं । सानिमा बैंक लिमिटेड आफ्नो स्थापनाको २१औं वर्ष पूरा  गरि २२ औं बर्ष प्रवेश गरेको छ । बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको जनाएको छ  । बार्षिकोत्सवको अवसरमा बैंकले ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ्ग यात्रा भर निरन्तर सहयोग […]

सप्ताहब्यापी रुपमा देशभर “यामाहा नेपाल”ले “यामाहा ब्लू क्याम्प”सञ्चालन गर्ने

काठमाडौं ।  एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले आफ्ना ग्राहकहरूको सन्तुष्टि बढाउन, नियमित मर्मत सम्भारलाई प्रवर्द्धन गर्न र देशभरका यामाहा राइडरहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने  सपताहब्यापी सर्भिस अभियान “यामाहा ब्लू क्याम्प” रूपमा सुरु गरेको छ। मंसिर २१ देखि २७ गते (डिसेम्बर ७ देखि १३) सम्म चल्ने यस अभियानले ग्राहकहरूलाई कुनै पनि आधिकारिक यामाहा सर्भिस […]

कुमारी बैंक र मेरो माइक्रोफाइनान्सको सेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कुमारी बैंक लिमिटेड र मेरो माइक्रो फाइनान्सको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले कुबारी बैंकमा रहेको ५ लाख ३० हजार कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७८ हजार २०९ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर बिक्री गर्दा शुरूमा सम्बन्धित कम्पनीकै […]

यशोदा फुड्सको “करेन्ट नुडल्स”: उत्पादन प्लान्टमा ८६५ केडब्ल्यूपी सोलार पीभी रूफ–टप प्रणाली जडान

चन्द्रौटा, कपिलवस्तु । करेन्ट नुडल्सका निर्माता तथा नुडल्स  यशोदा फुड्सले चन्द्रौटा, कपिलवस्तुस्थित कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार जडान गरेको छ । यो परियोजनाले २३ नोभेम्बर २०२५ देखि सौर्य ऊर्जा मार्फत बिजुली उत्पादन गर्न सुरु गरिसकेको छ । यशोदा फुड्स, नेपालमा पहिलो सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने नुडल्स उद्योग बनेको छ । यस सौर्य […]