सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा  गत चैत्र २७ देखि तीन दिनसम्म शिविर आयोजना गरिएको थियो । शिविरमा आएका ३९ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको […]

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर भएका २९ वर्षीय अनन्त कोईराला, काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने इलाम घर भएका ४७ वर्षीय जगत बहादुर खड्का, काठमाडौं महानगरपालिका-२६ बस्ने तारकेश्वर नगरपालिका-६ घर भएका ५४ […]

६.०८ प्रतिशतले घट्यो आरएसडिसी लघुवित्तको नाफा

काठमाडौं । आरएसडीसी लघुवितले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी घटामा छ । सो वित्तीय विवरण अनुसार गत आवको सोही आवधिको तुलनामा नाफा ६.०८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा ६ करोड ९८ लाख रुपैयाँ थियो । भने चालु आवमा […]

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका सांसदहरुको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले कांग्रेसका सांसदहरुसँग छलफल गर्न लागेको हो । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले दलको नेताबारे छलफल गर्न […]

मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको वैशाख ३ गते बसेको बैठकले उनलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले जेठ १ गते औपचारिक रूपमा पदभार ग्रहण गर्ने जनाइएको छ। मानन्धर नेपाली बैंकिङ क्षेत्रमा सुपरिचित व्यक्ति हुन् । तत्कालीन नेपाल बंगलादेश बैंकबाट उनले आफ्नो बैंकिङ यात्रा […]

अब नेप्सेमा दुईपटक ‘सर्किट ब्रेक, आफ्टर मार्केट पनि ‘अर्डर’ राख्न मिल्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा गरिएको संशोधनअनुसार नयाँ सर्किट ब्रेकर तथा मूल्य सीमा व्यवस्था आगामी सोमबार (वैशाख ७ गते) देखि लागू गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत उक्त संशोधित व्यवस्था बजारलाई थप चलायमान र वास्तविक मूल्य निर्धारणतर्फ उन्मुख गराउने उद्देश्यले लागू गर्न लागिएको […]

राष्ट्रिय क्रिकेट टोलीमा एकदिवसीय र टि-२० का लागि छुट्टाछुट्टै कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीमा एकदिवसीय र टि-२० का लागि छुट्टाछुट्टै कप्तान तोकेको छ । आगामी घरेलु शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गर्दै क्यानले वैशाखमा हुने संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टी-२० र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि फरक-फरक कप्तान तोकेको हो। अब नेपालको टी-२० टोलीको नेतृत्व आक्रामक अलराउन्डर दीपेन्द्र […]

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा। सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ। सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि मुलुकको पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीमा उत्साह थपिएको छ । सरकारले यसअघि हप्तामा एक दिन […]

होटल गरिमाले आईपीओ निष्काशन गर्ने

काठमाडौं । होटल गरिमा लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित वैशाख २९ गते सुनसरीस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे प्रथम वार्षिक साधारणसभा बोलाएको छ। सो साधारणसभाले होटल गरिमाको शेयरमा सर्वसाधारणको पहुँच आवश्यक भएकोले नेपाल धितोपत्र बोर्डमा निवेदन दिई आवश्यक कानूनी प्रक्रिया पूरा गरी शेयरको प्रारम्भिक निष्काशन (आईपीओ) गर्ने निर्णय सर्वसम्मतिले पारित गर्नेछ। यसका साथै गत […]

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी कार्यक्रम सञ्चालन भएका साझेदार विद्यालयका उत्कृष्ट विद्यार्थीलाई डिजी अवाड्र्सबाट सम्मानित गरेको छ । अभिभावकहरु सहितको उपस्थितीमा आयोजित सा कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो । विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावनाको विकास गराउनु, सूचना प्रविधिमा रहेका अथाह सम्भावनाहरूको खोजी गर्नु र कक्षाकोठाको […]