वर्षाका कारण काठमाडौँसहित २७ जिल्लामा सावधानी अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ८, बिहीबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। […]

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

काठमाडौं । आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बिहीबार (आज) अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ […]

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका, वाड नं १०, बानेश्वर स्थित फ्रन्टलाईन हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई फ्रन्टलाईन हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १० प्रतिशत छुट पाउने भएका छन । सो छुट सेवासुविधा फ्रन्टलाईन हस्पीटल मा प्राप्त गर्न […]

सिटिजन्स बैंकका ग्राहकलाई ई–स्पोट नेपालको सेवामा छूट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नागपोखरी, काठमाडौं स्थित ई–स्पोट नेपालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ई–स्पोट नेपालको सम्पूर्ण आउटलेटमा ५ प्रतिशत इभी चार्जिङ्ग र ५ प्रतिशत फुडमा गरी १० प्रतिशत सम्मको […]

२४०० ले घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ तोकिएको छ । बुधबार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको […]

प्रिमियममा आइपीओ बिक्रीको तयारीमा रहेको सेन्चुरी इनर्जीको ९ महिनाको आम्दानी ३ करोड ८० लाख, कति पायो रेटिङ ?

काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले गत आर्थिक वर्षको ९ महिनामा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले २०८०-८१ मा (सन् २०२४) मा भने ४ करोड ८० लाख र सन् २०२३ मा ४ करोड २० लाख आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ । सेन्चुरीलाे ‘केयर एनपी बीबीबी माइनस’ रेटिङ पुनःपुष्टि […]

सपोर्ट लघुवित्तको नाफा १४० प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी ४१ रुपैयाँ

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा ५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १४०.६२ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले २ करोड १२ लाख […]

साउन १५ देखि आईपीओ ल्याउँदै दरमखोला हाइड्रो इनर्जी

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आगामी साउन १५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको ३८.३३ प्रतिशत बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो । जसअनुसार यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक […]

सेयर लगानीकर्ताले ९ वर्षमा सरकारलाई बुझाए ५३ अर्ब पुँजीगत लाभकर, कुन वर्ष कति तिरे ? 

काठमाडौं । सेयर कारोबार गर्ने लगानीकर्ताले पछिल्लो ९ वर्षमा सरकारलाई आधा खर्ब अर्थात, ५३ अर्ब ६ करोड रुपैयाँ भन्दा धेरै रकम पुँजीगत लाभकर बुझाएका छन् । गत आर्थिक वर्ष (२०८१-८२) मा मात्रै लगानीकर्ताले १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ बराबरको रकम सरकारलाई बुझाएका छन् । यो हालसम्मकै उच्च हो । सेयर बजारमा सुधार, कारोबार […]

साङ्ग्रिला डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानीसहित मुनाफा बढ्यो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ  । यस विवरण अनुसार, बैंकको वितरणयोग्य मुनाफामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१३.८१ प्रतिशतको विशाल वृद्धि भएको छ  । गत आर्थिक वर्षको अन्त्यसम्ममा, बैंकले ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको […]