सोमबार बढ्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबारका लागि छापावाला सुन प्रति १० ग्रामको मूल्य भने १ लाख ६६ हजार ६५ रुपैयाँ तोकिएको […]

कर्णालीका ५० ठाउँमा तुइन रहेको प्रारम्भिक प्रतिवेदन

कांक्रेविहार (सुर्खेत) । तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको छ । तथ्याङ्कअनुसार १० जिल्लामा सङ्कलित तथ्याङ्कअनुसार ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिए । तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरूप विवरण माग गरिएको थियो । प्रदेशका १० मध्ये […]

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको साउन १३ गतेदेखि ७ लाख ४ हजार कित्ता सेयर लिलामी खुल्ने

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साउन १३ गतेदेखि ७ लाख ४ हजार १११ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । कम्पनीले सर्वसाधारण समूहको यो सेयर लिलाममा बिक्री गर्न लागेको हो । जसमध्ये १ लाख ४० हजार १०१ कित्ता सेयर […]

गुराँस लघुवित्तको नाफासँगै जगेडा कोषमा भारी वृद्धि, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ९० प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले २ करोड ८ लाख […]

एनआरएन इन्फ्रास्ट्रक्चरले आइपीओ निष्कासनको तयारीमा रहेको वर्णबास म्युजियम होटलको १० लाख कित्ता सेयर खरिद गर्ने

काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले वर्णबास म्युजियम होटलको सेयर खरिद गर्ने भएको छ । यस कम्पनीको असार २८ गते बसेको सञ्चालक समिति बैठकले वर्णबास म्युजियममा १४.२ प्रतिशत (संस्थापक समूह) सेयर स्वामित्व रहने गरी सेयर खरिद सम्झौता गरेको छ । कम्पनीले १० लाख कित्ता सेयर प्रतिकित्ता १२५ रुपैयाँका दरले खरिद गर्ने भएको हो । वर्णबास […]

आज साउनको पहिलो सोमबार, पशुपतिका चारै ढोका खुला

काठमाडौं । काठमाडौँ । साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ । पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले सो जानकारी दिँदै दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमान गरी व्यवस्था मिलाएको बताए । साउन महिनाको सोमबार […]

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिकरुपमा अवरुद्ध भएको विभागका सूचना अधिकारी शिवराज सेढाइँले जानकारी दिए । उनका अनुसार अनलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन […]

रसुवा बाढी : करिब २९ करोड रुपैयाँको बीमा दाबी

काठमाडौं । रसुवाको ल्हेन्देखोलामा आएको बाढीले पुर्‍याएको क्षतिपछि बीमा कम्पनीहरूमा करिब २९ करोड रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सात वटा बीमा कम्पनीमा गरी २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको ६३ वटा दाबी परेको छ । सबैभन्दा बढी क्षतिको दाबी शिखर इन्स्योरेन्समा परेको छ, जसमा १० वटा दाबीमार्फत १६ […]

भुक्तानी सेवा प्रदायकलाई लाभांश वितरणमा राष्ट्र बैंकले तोक्यो यी सर्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक र सेवा सञ्चालक कम्पनीहरूलाई लाभांश वितरणका लागि ६ वटा सर्त तोकेको छ । लाभांश पारदर्शी र दिगो बनाउन राष्ट्र बैंकले ‘लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गर्दै केन्द्रीय बैंकले मापदण्ड तयार गरेको हो । यस्तै पूर्वाधार विकास कोषमा पनि मुनाफाको निश्चित प्रतिशत रकम छुट्याएर केवल पूर्वाधार विस्तारमा खर्च […]

ग्लोबल आइएमई समुन्नत योजना–२ को १२ लाख ७५ हजार इकाई सर्वसाधारणलाई वितरण

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई समुन्नत योजना–२’ सामूहिक लगानी कोषको इकाई बाँडफाँट सम्पन्न भएको छ । योजनाअन्तर्गत प्रति इकाई अंकित मूल्य रु. १० का दरले जम्मा १२ करोड इकाई निष्काशन गरिएको थियो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई बीज पूँजीका लागि छुट्याइएको थियो । उक्त इकाई मध्ये ग्लोबल […]