यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो (भारतीय) प्रतिकिलो […]

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले राजस्थान रोयल्सलाई ७७ रनले हराएको छ । हिजो बेलुका जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाएर २२९ रन बनाएको थियो । गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको राजस्थानले १६ ओभर ३ बलमा १५२ रन बनाएर अलआउट भयो । गुजरातको जीतमा कप्तान शुभमन गिलको ८४ […]

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडक छेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन् । फलफूल किन्छन् र फेरि यात्रामा अघि बढ्छन् । तर सडक किनारको यो […]

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा चलचित्र ‘सारथी’को छायाङ्कन सुरु गरिएको हो । सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दूरीमा जिल्लाको अन्तिम बस्तीका रूपमा रहेको गुर्जामा यसअघि विभिन्न म्युजिक भिडियोको छायाङ्कन गरिएको भए पनि चलचित्रको छायाङ्कन थालिएको भने […]

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको छ । नगर कार्यालयले लवग्रिन नेपालसँगको सहकार्यमा आयोजना गरेको सो मेलामा करिब २० हजारले अवलोकन गरेको बताइएको छ । नगरले लवग्रिनसँग समन्वय गरी आयोजित मेलामा कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य छ । उक्त मेलामा आइपीएम प्रविधिबाट […]

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

बागलुङ । विकासका हिसाबले ओझेलमा परेको रामतोला गाउँ जोड्ने सडक कालोपत्र गरिएको छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने रामतोला गाउँ जोड्ने सडक पहिलोपटक कालोपत्र गरिएको हो । भौगोलिक विकटताका कारण पछाडि परेको यस गाउँलाई जोड्न २०७२ सालमा मार्ग खुलेको थियो । मार्ग खुलेको ११ वर्षपछि अहिले कालोपत्र गरिएको हो । सडकको बागलुङ नगरपालिका–१० भकुण्डे […]

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोर्खा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मिप्रा गाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका चाकाको सिकार गर्न ज्यानै जोखिममा राखेर डोरीमा झुन्डिएर […]

भेनेजुएलाबाट उच्च सम्बर्धित युरेनियम अमेरिका लगियो

काठमाडौं । अमेरिकाले भेनेजुएलाबाट १३.५ किलो ‘उच्च सम्बर्धित युरेनियम’ हटाएको छ । यो युरेनियम धेरै वर्षदेखि त्यहाँको एउटा पुरानो अनुसन्धान रिएक्टरमा राखिएको थियो । उक्त युरेनियमलाई भेनेजुएलाको राजधानी काराकासनजिकै रहेको साइटबाट हटाएर सुरक्षित रूपमा अमेरिका पठाइएको हो । यो ‘अपरेसन’ अमेरिका, भेनेजुएला, बेलायत र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले मिलेर गरेका हुन् । अमेरिकी ऊर्जा विभागका […]

लिग २ का लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा, बसिर बाहिरिदा इशान पाण्डे टिममा

काठमाडौं । नेपाल क्रिकेट संघले आईसीसी विश्वकप लिग २ शृंखलाअन्तर्गत अमेरिका र स्कटल्यान्डसँग खेल्ने राष्ट्रिय टोलीको घोषणा गर्दा इशान पाण्डेले स्थान बनाएका छन् । इशान टोलीमा भित्रँदा बसिर अहमदले भने शृंखला गुमाउने भएका छन् । लिग २ शृंखला आउँदो मंगलबार (वैशाख २९)देखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरु हुँदै छ । स्कटल्यान्ड र अमेरिका काठमाडौंको मौसमसँग घुलमिल […]

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, के छन् सर्त ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले स्थानीय तहलाई कम्पनी दर्ता तथा सेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने व्यवस्था गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनाअनुसार सौर्य ऊर्जा लगायतका क्षेत्रहरूमा कम्पनी स्थापना तथा लगानीका लागि विभिन्न स्थानीय तहबाट प्राप्त अनुरोधका आधारमा यस्तो निर्णय गरिएको हो । सूचनामा स्थानीय […]