प्रधानमन्त्री सुशीला कार्की, ‘लोकतन्त्र नारामा होइन, व्यवहारमा देखिनुपर्छ’
काठमाडौं । ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई केवल नारा र कागजी व्यवस्थामा सीमित नराखी व्यवहार र संस्कारमा उतार्नुपर्नेमा जोड दिएकी छिन् । उनीले २००७ सालको क्रान्तिलाई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोषका रूपमा स्मरण गर्दै त्यस संघर्षमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिन् । […]

