कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा
काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१\८२ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिव रू ५ अर्ब ३० करोड मुनाफा वितरण गरेको छ । जसअनुसार, कोषका सञ्चयकर्ताहरूको खातामा करिव रू ५ अर्ब १९ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताहरूको खातामा करिव रू। १० करोड ५५ लाख मुनाफा जम्मा गरिएको छ […]

