मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

महेन्द्रनगर । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले आज थप छ जना मन्त्री समेटेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो । आज जनकपुरधामस्थित मधेस भवनमा छ जना नवनियुक्त मन्त्रीले प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ […]

सालपा विकास बैंकको आइपीओ बिक्री खुला, आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले बुधबार (पुस १६ गते) देखि सर्वसाधारणका लागि आइपीओ मार्फत सेयर बिक्री खुला गरेको छ । बैंकले आम सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरमा १४ लाख ३९ हजार १७९ कित्ता सेयर बिक्री खुला गरेको हो । सालपालाई नेपाल धितोपत्र बोर्डले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजारको ३३% अर्थात् १७ […]

३ दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन

नवलपरासी । गत सोमबारदेखि अवरुद्ध रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र अझै सहज हुन सकेको छैन । शीतलहरले दाउन्ने सडक चिप्लो हुँदा सवारी साधन सञ्चालन हुन नसकेर अवरुद्ध भएको सडक अझ सहज हुन नसकेको हो । दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारी साधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि यो खण्ड अस्तव्यस्त बनेको […]

फागुन २१ भित्रै लुटिएका हतियार भेटाउने र फरार कैदी समात्ने गृहमन्त्रीको उद्घोष

मोरङ । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हराएका, लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीलाई आगामी फागुन २१ गते अगावै नियन्त्रणमा ल्याइसक्ने जानकारी दिएका छन् । गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा उनले फरार अधिकांश कैदीबन्दी […]

नेपाल राष्ट्र बैंकद्धारा २५ अर्ब रुपैयाँको ऋणपत्र जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गरेको छ । राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ ‘नेपाल राष्ट्र बैंक २०८३ ख’ जारी गर्ने भएको हो । राष्ट्र बैंक अनुसार उक्त ऋणपत्र १ वर्ष अवधिको हुनेछ । पुस १६ गते दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । साँवा भुक्तानी मिति २०८३ पुस १६ गतेलाई तोकिएको […]

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ। विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा तितौरेदेखि दानविसौनासम्म कालोपत्र सम्पन्न भइसकेको छ । यसअघि गणेशथान घुम्ती–निरयघाट र ओढारचौर–ढोडेनी सडक कालोपत्र भइसकेको छ ।बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार सडक कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध […]

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागती खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले यसतर्फ आकर्षित भएका हुन् । उत्पादित कागतीले बजार नपाएपछि भने किसानमा निराशा छाएको छ । बजारमा भारतीय कागती सस्तोमा किनबेच हुँदा स्थानीय उत्पादनले मूल्य पाउन नसकेको हो । जिल्लाको निसीखोला, ढोरपाटन, बडिगाडलगायत […]

चीनद्वारा २ नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

वेन्चाङ । चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ । ‘शिजियान–२९ए’ र ‘शिजियान–२९बी’ नामका उपग्रहहरू बिहान ६ः४० बजे (बेइजिङ समय) लङ मार्च–७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । प्रक्षेपणपछि दुवै उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् । शिजियान–२९ए र शिजियान–२९बी चीनद्वारा प्रक्षेपण गरिएका प्रायोगिक […]

प्याब्सनले ३५औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाउने

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) आफ्नो ३५औं स्थापना दिवस विभिन्न कार्यक्रममार्फत पुस २४ गते मनाउने भएको छ। यस अवसरमा प्रदेश, जिल्ला तथा पालिका तहका सम्पूर्ण कार्यसमितिहरूले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी भएको अर्गनाइजेसनले जनाएको छ। स्थापना दिवसको सम्मानमा कार्यालयहरू तथा सदस्य विद्यालयहरूमा प्याब्सनको झण्डा फहराइने र साँझ सांस्कृतिक दीपावली कार्यक्रम समेत […]

प्रधानमन्त्रीको सहभागितामा आज आर्थिक सुधार, लगानी अभिवृद्धि भूमिकाबारे संवाद हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा आज सर्वपक्षीय राष्ट्रिय संवाद राखेको छ। महासंघ अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्र उकास्ने उद्देश्यले यो संवाद राखिएको बताएका छन्। संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने महासंघले जनाएको छ। संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार […]