शुक्रबारका लागि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं। काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ । मेयर बालेन्द्र साह (बालेन) ले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । मेयरको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ । त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । कानुनी औपचारिकता पूरा भए २ बजेको […]

श्रमिकको पारिश्रमिक ३० हजार पुराउनु पर्ने माग सहित जिफन्टले मन्त्री राईलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मजुदरको जीवनयापनका लागि पुग्ने न्यूनतनम पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमार्फत ‘न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयन’सम्बन्धमा जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले आज बुझाएको चार बुँदे ज्ञापनपत्र बुझ्दै उनले मजदुरको सहज जीवनयापनका लागि पुग्ने पारिश्रमिक निर्धारण गर्नरगराउन प्रदेश सरकारले […]

४ खर्बले वृद्धि हुँदा मुलुकको अर्थतन्त्र ६१ खर्ब पुग्यो

काठमाडौं । नेपालको अर्थतन्त्रको आकार एक वर्षको अवधिमा ४ खर्ब रुपैयाँले वृद्धि भई ६१ खर्ब रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ५७ खर्ब रुपैयाँ रहेको अर्थतन्त्रमा यो उल्लेख्य सुधार हो।   मन्त्रालयको तथ्याङ्कअनुसार विभिन्न प्रमुख आर्थिक सूचकहरूमा सुधार देखिएको छ: राजस्व संकलन: एक वर्षमा १ खर्ब ८ अर्ब रुपैयाँले […]

रसुवामा बाढीबाट भएको क्षतिको मूल्यांकनका लागि १३ सदस्यीय समिति गठन

काठमाडौं । चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा मंगलबार आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिको यथार्थ विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालय रसुवाले एक उच्चस्तरीय समिति गठन गरेको छ। बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति तथा विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठको संयोजकत्वमा १३ […]

मौसम विज्ञान विभागले भन्यो–हिमताल विस्फोटबाट रसुवागढीमा बाढी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ । विभागले बिहीबार उक्त बाढीबारे अपडेट गराउँदै हिमताल विस्फोटबाटै बाढी सृजना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको पनि विभागले जनाएको छ । ‘आगामी […]

रसुवाको बाढीले जलविद्युत क्षेत्रमा ठूलो क्षति दैनिक करोडौंको घाटा :इप्पान

काठमाडौं । चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा मंगलबार आएको विनाशकारी बाढीले जलविद्युत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार, बाढीका कारण करिब ६०० मेगावाट भन्दा बढी क्षमताका आयोजनाहरू प्रभावित भएका छन् । इप्पानका अनुसार, सञ्चालनमा रहेका २५० मेगावाट बराबरका आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको छ […]

बाँदर धपाउँदै बाली जोगाउँदै किसान

बागलुङ। बागलुङको जैमिनी नगरपालिका–५ की बिना थापाको हिजोआजको दैनिकी बाँदर धपाउँदै बित्छ । मकै बारी छेउमा घामपानी छेक्नलाई सानो छाप्रो बनाइएको छ । त्यही छाप्रोमा थापाको दिन बित्ने गरेको छ । थापाका साथमा एउटा लट्ठी, थाल र केही काठका टुक्राहरू हुन्छन् । बेलाबेला उनी थाल बजाउँदै चिच्याउँछिन् । यसरी चिच्याउँदा बाँदर बारीमा नआउने उनी बताउँछिन् […]

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको र त्यस्तो दीप विवेक भएको बताएका छन् । गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइने गरेको […]

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग […]

निर्माण व्यवसायीको ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी

काठमाडौं । अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुको रकम भुक्तानी गरेको जनाएको छ । मन्त्रालयका अनुसार अघिल्लो वर्षको दायित्व ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरेको हो । यो सँगै निर्माण क्षेत्रको भुक्तानी समस्या समाधान भएको मन्त्रालयका उच्च अधिारीहरुले बताएका छन् । मन्त्रालयका अधिकारीहरुले चालु आर्थिक वर्षमा निजी क्षेत्रलाई पूर्ण महत्व दिएको बताएका छन् । उनीहरुले चालु […]