जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत नोक्सान भएको जानकारी […]

मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला

काठमाडौं । मुस्ताङ । यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ ‘टिप्ने खाने’ मेला आयोजना गरिएको छ । यहाँ असोज एक गतेदेखि एक हप्ताका लागि मेला आयोजना गरिएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । कृषि र पर्यटन प्रवद्र्धनका लागि केन्द्रले बगैँचामा पसेर स्याउ टिप्ने खाने मेला आयोजना गरेको उनले बताए। यहाँ गत वर्ष […]

बडादसैँको अवसरमा पशुपतिमा नवरात्री महोत्सव

काठमाडौं । बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ । महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ । उक्त महोत्सवको उद्घाटन गर्दै परिषद्का अध्यक्ष रामशोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानका माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धन […]

वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो । गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै रु […]

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुबै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार […]

आजको मौसम : स्थानीय वायुको आंशिक प्रभाव, कोशीका पहाडी भूभागमा साधारण बदली हुने 

काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका तथा तराईका भूभागका […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ दुई पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ […]

समृद्धि फाइनान्स, जनकपुर शाखाको तेस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको जनकपुर शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा वार्षिकोत्सव मनाइएको थियो। उक्त अवसरमा शाखाले आफ्नो तीन वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्मको उपलब्धिहरू प्रस्तुत गर्यो। शाखा प्रमुखले ग्राहकहरूको साथ र विश्वासकै कारण शाखाले निरन्तर प्रगति हासिल गरेको जानकारी गराउँदै […]

पढेलेखेका साइकल मिस्त्री ‘बृहस्पति’

धनगढी । बृहस्पति बुढाक्षेत्री दैनिक साइकल मर्मत सकेर साँझ धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस पुग्छन् । उनी सो क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत छन् । धनगढी उपमहानगर–१ मा टहरो बनाई साइकल मर्मत पसल चलाएका उनले धनगढीमा घरजग्गा र घर जोडिसकेका छन् । उनले भने,“पढे लेखेकाहरूले साइकल मर्मत गर्ने कामलाई तल्लो दर्जाको ठान्छन्, आफू भने शान र मानकासाथ […]

सागर डिस्टिलरीको आईपीओमा कति पर्‍यो आवेदन ?

काठमाडौं । सागर डिस्टिलरीको आईपीओमा साढे २३ लाख भन्दा बढीको आवेदन परेको छ । कम्पनीले जारी गरेको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जनाको आवेदन परेको हो । यो अनुसार कम्पनीको आईपीओ भरेका २२ लाख ३३ हजार ४२९ जनाको हात खाली हुने भएको छ । कम्पनीको आईपीओमा २ करोड ६५ लाख १ हजार […]