यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासन अनुमतिका लागि बोर्डमा दियो आवेदन

काठमाडौं । दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न आवेदन दिएको हो । कम्पनीले २० करोड २० लाख रुपैयाँ बराबरको २० लाख २० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ […]

नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना जलनका बिरामीहरुको उपचार

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएको बैंकले जनाएको छ । शिविरमा आएका २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकहरुले शल्यक्रिया गरेका थिए भने जटिल किसिमका १८ […]

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही फागुन २० देखि २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने देखिएको जनाएको छ । आज साँझ निर्वाचन विशेष मौसम बुलेटिन जारी गर्दै विभागको मौसम पूर्वानुमान महाशाखाले हालसम्मको मौसम ढाँचाबाट प्राप्त मौसमी तथ्याङ्कहरुको विश्लेषणका आधारमा आसन्न निर्वाचनको समयमा खास उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिने स्पष्ट पारेको […]

पत्रकारमाथि भएकाे दुर्व्यवहारप्रति नाफिजकाे ध्यानाकर्षण

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) पत्रकार माथि भएकाे दुर्व्यवहार र आक्रमणप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ । नाफिज  सदस्य एवं रातोपाटी डटकमका संवाददाता अमृत चिमरिया सहितको टोलीमाथि ‘फिल्ड रिपोर्टिङ’का क्रममा भएको दुर्व्यवहार र पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति यस संस्थाको ध्यानाकर्षण भएको हाे। झापा ५ मा निर्वाचनको अवस्थाबारे स्थलगत रिपोर्टिङका क्रममा ‘ नेशलन भोलेन्टियर […]

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी । प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि सार्वजनिकस्थलमा भीडभाड हुने गरी खेल्न नपाइने भएको छ । निर्वाचनको सुरक्षा संवेदनशिलता र आचारसहिंताका कारण सडक तथा सार्वजनिक भीड जम्मा हुने गरी कुनै पनि मेला, साङ्गीतिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रुपमा सूचीत गरेको हो । कार्यालयले आज जारी गरेको सूचनामा फागु पर्वलाई […]

भूप्रशासन सेवा केन्द्र सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरका १० वटा वडामा भूप्रशासन सेवा केन्द्र सञ्चालनको प्रक्रिया अघि बढाएको छ । यसका लागि कामपाले कर्मचारीलाई प्रक्रिया र प्रणालीसम्बन्धी तालिम दिइसकेको छ । पहिलो चरणमा नमूनाका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा उक्त सेवा सञ्चालन गर्न लागिएको कामपाकी कार्यवाहक प्रमुख सुनिता […]

राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासंघका अध्यक्ष ढकालको भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घकी नवनियुक्त आवासीय संयोजक लीला पिटर्स याहियासँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज भेटवार्ता गरेका छन् । भेटका क्रममा अध्यक्ष ढकालले नोभेम्बर २०२६ का लागि तय गरिएको अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिको समय थप गर्न अनुरोध गरेका छन् । उनले मुलुक अझै संरचनात्मक रूपमा तयार नभएकाले व्यावसायिक समुदायसँगको व्यापक परामर्शका […]

यस्तो छ मोरङ-४ मा चुनावी प्रतिष्पर्धा

मोरङ। बेलबारी (मोरङ(, १५ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नं ४ मा प्रतिष्पर्धा रोचक हुने देखिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र दुई पटक चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अमनलाल मोदीसहितका उम्मेदवार छन् । विगतका दुुईवटा निर्वाचनमा गठबन्धन […]

बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम

नेपालगन्ज। बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयले आज यहाँ आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । कार्यालयका प्रमुख टेकबहादुर शाहीले अस्थायी मतदाताका निम्ति जिल्लामा तीन अस्थायी मतदान केन्द्रसमेत निर्धारण गरिएको जानकारी दिए । निर्वाचन क्षेत्र नं १ को बैजापुरस्थित नौवस्ता कारागार, निर्वाचन क्षेत्र […]