डिजिटल गभर्नेन्समार्फत आर्थिक विकास सम्भव

काठमाडौं । सरोकारवालाहरुले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स जरुरी रहेको बताएका छन् । आइतबार आयोजित ‘टेकगभ नेपाल, २०२५’ कार्यक्रममा जानकारहरुले डिजिटल गभर्नेन्स आर्थिक विकास, सुशासन, प्रभावकारी सेवा प्रवाहका साथै सामाजिक समावेशीकरणका लागि हुनुपर्नेमा जोड दिए । सूचनाप्रविधि विज्ञ मनोहर भट्टराईले मुलुकको विकासमा डिजिटल गभर्नेन्स जरुरी भएको उल्लेख गर्दै यसले आर्थिक विकासमा सहयोग पुग्नुपर्नेमा जोड दिए […]

करिब ८ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन

काठमाडौं । चालु आर्थिक वर्षको माघमसान्तसम्म (७ महिना) को अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब रुपैयाँ बढीको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आवको माघसम्मको १४ वटा निर्जीवन बीमकले १६ लाख २१ हजार ६७९ वटा बीमालेख जारी गरेर २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कुल […]

यती एअरलाइन्समा उडान भर्दा क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहारमा पाईने

काठमाडौं । यती एअरलाइन्समा उडान भर्ने यात्रुहरुले क्रोकोडाईल लगेज तथा ब्यागप्याकमा हात खालि नजाने उपहार पाउने भएका छन् । फेब्रुअरी, मार्च र अप्रिल महिनामा यती एअरलाइन्स बाट यात्रा गर्ने यात्रुहरुले क्रोकोडाईल लगेजको खरिदमा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन् । यती एअरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितीमा उडान भरेका ग्राहकहरुले आफ्नो बोर्डिङ् पास क्रोकोडाईल लगेजका […]

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अनुपालन तथा एएमएल/सीएफटी तालिम सम्पन्न

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएल/सीएफटी तालिम तथा सेमिनारको आयोजना गरेको छ । तालिम तथा सेमिनारमा कम्पनीका ७ वटै प्रदेशका प्रमुख, विभागीय प्रमुख तथा बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यका भित्रका शाखा प्रबन्धकसमेतको सहभागिता रहेको थियो । उक्त अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख, तथा प्रदेश प्रमुख, […]

अख्तियार वार्षिक प्रतिवेदन प्रतिवेदन संसद्‍मा पेस

काठमाडौं ।संसदमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

निरन्तर ६ दिन बढ्यो शेयर, ११ अर्ब माथिको कारोबार

काठमाडौं । आइतबार ११.६६ अंकले बढेको शेयर बजार सोमबार सामान्य अंकले बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.६० अंकले बढेर ४५९.२५ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.०८ अंकले घट्दा सेन्सेटिभ फोल्ट […]

नेरुडे मिर्मिरे लघुवित्तको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा यो संस्थाका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १२ गते) बाट ३५ दिन भित्र यस लघुवित्तको […]

युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । अर्थ मन्त्रालयले विगत केही दिनदेखि अमेरिकी सहयोग नियोग युएसएडबाट सञ्चालित कार्यक्रमहरुको सम्बन्धमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थ मन्त्रालयलेअमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशब मोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषिसँग सम्बन्धित ४ वटा कार्यक्रमहरु ९० दिनका लागि […]

कोष ऋणात्मक भए सँगै सरकारले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझाव कार्यान्वयन गर्न लागेको हो ?

काठमाडौं । सरकारले सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१, एउटै प्रकृतिका कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ ले सिफारिस गरेका सुझावहरुको कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन […]

छयानब्बे वर्षमा नागरिकता

बझाङ । वडाभरिकै पाको, मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिन्छिन्। यो उनको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो । ‘घरभित्रै बसिरहन मन मान्दैन,’ उनले भनिन्, ‘बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने […]