पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले तामाङ जातिको नयाँ वर्षका रूपमा मनाइने सोनाम ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण र संवद्र्धनमा सबैलाई प्रेरित गर्दै आएको उल्लेख गरेका छन् । सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले सोनाम ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ मजबुत बनाउँदै आएको […]

माधव नारायणका बर्तालु पुगे शेषनारायण, फर्पिङ (फोटोफिचर)

काठमाडौं । साँखु शालिनदीस्थित माधव नारायणका बर्तालु तीर्थयात्रा गर्दै आइतबार साँझ बेलुकी दक्षिणकाली नगरपालिकाको फर्पिङस्थित शेषनारायण पुगेका छन् । माघकृष्ण औँसीका दिन आज बिहान आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरी बर्तालु यात्रामा निस्किएका थिए । ती बर्तालु शनिबार साँझ पशुपति क्षेत्रमा बसेका थिए । आइतबार बिहान शेषनारायण पुगेका हुन् ।   […]

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

बर्लिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा आठ युरोपेली देशलाई १० प्रतिशत कर लगाउने धम्की दिएपछि युरोपले त्यसको कडा आलोचना गर्दै यसले ट्रान्सअटलान्टिक सम्बन्धलाई कमजोर पार्ने र ‘खतरनाक गिरावट’ तर्फ धकेल्ने चेतावनी दिएको छ । डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा ट्रम्पको कदम सार्वभौमिकता […]

बागमती सरकारद्वारा ६ महिनामा १७ अर्ब ४३ करोड राजस्व सङ्कलन, मालपोत र सवारी साधन मुख्य आयस्रोत

बागमती। चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५ दशमलव ८४ प्रतिशत अर्थात् १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारी साधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुबै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२-८३ मा  ३० अर्ब ८९ […]

संस्कृतिको जगेर्ना र पर्यटन विकासमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र बसोबास गर्ने विभिन्न जातजातिका संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसार २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संस्कृतिको जगेर्नालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । सङ्घीयताको कार्यान्वयनसँगै प्रदेश सरकारले तामाङ […]

केपी ओली गृहजिल्ला झापा पुगे

झापा ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्। अध्यक्ष ओली ओली ‘जेनजी’ आन्दोलनपछि पहिलो पटक आफ्नो गृहजिल्ला झापा पुगेका हुन् । सोमबार यती एयरलाइन्सको विमानमार्फत उनी झापा ओर्लिएका हुन्। जेनजी आन्दोलनका क्रममा सरकारले उनीमाथि लगाएको स्थानहद (उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध) फुकुवा भएपछि यो उनको पहिलो जिल्ला भ्रमण हो। अध्यक्ष […]

यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धान उत्पादनमा गत वर्षको तुलनामा दुई लाख ५० हजार ३५० मेट्रिकटनले कमी हुने प्रक्षेपण गरेको छ। देशभर धान बाली लगाइएको क्षेत्रफल र उत्पादकत्व दुवै घटेका कारण यस वर्ष कुल ५७ लाख पाँच हजार १२६ मेट्रिकटन मात्र धान उत्पादन हुने देखिएको छ। गत वर्ष ५९ लाख ५५ […]

चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो

बैङ्कक। दशकौँसम्म लागू गरिएको एक–बच्चा नीतिपछि थप सन्तान जन्माउन जनतालाई कसरी विश्वस्त पार्ने ? चीनले यही चुनौती सामना गरिरहेको छ । एक–बच्चा नीति अन्त्य भएको करिब एक दशक बितिसक्दा पनि जन्मदर बढ्न नसकेपछि चीनको कुल जनसङ्ख्या पुनः घटेको सरकारी तथ्याङ्कले देखाएको छ । सोमबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार विश्वको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको चीनमा जनसङ्ख्या […]

रसुवामा सर्वदलीय बैठक : तोकिएको मापदण्ड अनुरूप अगाडि बढ्ने प्रतिबद्वता

रसुवा।आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरुले तोकिएको मापदण्ड अनुरूप अगाडि बढ्ने प्रतिबद्वता जनाएका छन् । बैठकमा आचार संहिताको पूर्णपालना, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने, मनोनयन दर्ताका लागि समय निर्धारण जस्ता विषयमा भएको छलफलमा थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र मङ्गोल नेश्नल अर्गनाइजेसन दलले भाग लिएको सहायक निर्वाचन […]

स्पेनमा उच्चगति रेल दुर्घटना, २१ जनाको मृत्यु

अदामुज (स्पेन), ५ माघ । दक्षिणी स्पेनमा आइतबार साँझ एउटा उच्चगतिको रेल पटरीबाट खस्दै विपरीत दिशाबाट आइरहेको अर्को उच्चगतिको रेलसँग ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् । स्पेनका यातायातमन्त्री ओस्कार पुएन्टेले उद्धार कार्य सम्पन्न भइसकेको र मृतक सङ्ख्या मध्यरातपछि २१ पुगेको जानकारी दिएका छन् । यद्यपि अझै पुष्टि […]