नेपाल लाइफले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशतसम्म छुट दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै १०८१ फागुन १५ गतेबाट २०८२ साउन १३ गतेसम्म नवीकरण गरिने व्यतित बीमालेखमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरिएको जानकारी दिएको हो। बीमितले भुक्तानी गर्नुपर्ने मितिले १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा उक्त छुट प्रदान गर्ने […]

विदेशी नागरिकले मलद्वारमा लुकाएर ल्याए झण्डै ४ किलो सुन, विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास गरी बाहिरिने क्रममा प्रहरीले उज्वेकिस्तानका चार नागरिकबाट तीन किलोभन्दा बढी तौलको सुन बरामद गरेको छ । बुधबार भन्सार जाँच सकेर निस्कन लाग्दा शंका लागेपछि गरिएको खानतलासीमा उनीहरूले मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुन फेला परेको हो । विमानस्थल भन्सार सुरक्षाका लागि खटिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) […]

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्कासन गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० […]

नेष्डो लघुवित्तले बोलायो साधारण सभा, बोनस शेयर र नगद लाभांश प्रस्ताव गर्ने

काठमाडौं । नेष्डो लघुवित्त वित्तीय संस्थाले छैटौं वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले साधारण सभा आगामी चैत १० गते कुश्मा पर्वत स्थित रोयल कुश्मा रिसोर्टमा गर्न लागेको हो । संस्थाले सभामा गत आर्थिक वर्ष सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने आउने रकम बराबरको १९ लाख १२ हजार ५०० नगद लाभांश वितरण गर्ने […]

वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले वृद्धि

पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको अवधिमा यो नाका […]

यूनाईटेड इदीमर्दी हाईड्रोपावरले बोलायो साधारण सभा, हकप्रद शेयर र नगद लभांश प्रस्ताव गर्ने

काठमाडौं । यूनाईटेड इदीमर्दी एण्ड आर.बि हाईड्रोपावर कम्पनीले १५ औं वार्षिक साधारण सभा बोलाएको छ । हाइड्रोपावरले चैत ११ गते सोमबार घारीपाटन १७ पोखरा स्थित आभ्या क्लबमा साधारण सभा गर्न लागेको हो । कम्पनीलको मंगलबरा बसेको सञ्चालक समितिको बैठकले सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्ष नियुक्तिका साथै नगद लाभांश वितरणको प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । […]

शिखर इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने

काठमाडौं । शिखर इन्स्यारेन्स कम्पनीले आफना शेयरधनीहरुलाई नगद लाभांश प्रदान गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको २० औं वार्षिक साधारण सभामार्फत् आफना शेयरधनीहरुलाई ०.५२८३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत वर्षको नाफाबाट लाभांश वितरण गर्न लागेको हो । बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित […]

नाडाले भन्यो, ‘मौद्रिक नीतिले विद्युतिय सवारी साधनहरुको प्रयोगमा कमी ल्याउने छ’

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले मौद्रिक नीतिका कारण विद्युतिय सवारी साधनहरु (ईभी) को प्रयोगमा कमी आउन भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत ईभीको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशतमा झारेको छ । समीक्षा अघि ईभीको ऋण मूल्य अनुपात सीमा ८० प्रतिशत थियो । ‘नेपाल […]

सिटिजन लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मान गरिएको छ । यस अवार्डको लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनी मध्येबाट सिटिजन लाइफ इन्स्योरेन्स यस अवार्ड जित्न सफल भएको छ । नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनको आधारमा सिटिजन […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४० औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड फागुन १४ गतेबाट ४० औं वर्षमा प्रवेश गरेको छ । यस ३९औँ वार्षिकोत्सव अवसरमा, बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडे ज्यूले समस्त ग्राहकवर्गहरु, संस्थापक, शेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुलाई बैंकप्रति देखाइएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बैंकको सफल यात्रामा सबैको महत्वपूर्ण योगदान […]