एथलेटिक्स टोली चीन प्रस्थान

काठमाडौं। बाह्रौं एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार चीनको तियाङजेन प्रस्थान गरेको छ । फ्रब्रुअरी ६ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४ सय र ८ सय मिटर दौडमा सोमबहादुर कुमाल, ६० मिटर दौड र लङजम्पमा सलिन देवान तथा मुकेश पालले १ हजार ५ सय र ३ हजार […]

ब्रिटिश कलेजविरुद्ध षड्यन्त्र र आन्दोलनको नाममा रकम असुलीको प्रयास

काठमाडौं । थापाथलीस्थित द ब्रिटिश कलेज (टीबीसी)ले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलाइएका भ्रामक सूचना, अफवाह र आन्दोलनसम्बन्धी घटनाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । कलेजले केही व्यक्तिहरूद्वारा संस्थाको प्रतिष्ठामा क्षति पुर्‍याउने र आर्थिक लाभ लिने उद्देश्यले घटनाक्रमलाई उग्र बनाइएको दाबी गरेको छ । सन् २०११ मा स्थापना भएको द ब्रिटिश कलेज […]

एयर इन्डियाद्वारा बोइङ ७८७ इन्धन स्विच निरीक्षण सुरु

काठमाडौं । एयर इन्डियाले आफ्नो ३३ बोइङ ७८७ विमानमा सम्भावित दोषका कारण इन्धन नियन्त्रण स्विचको निरीक्षण सुरु गरेको छ । यो जानकारी कम्पनीको आन्तरिक नोटमा मङ्गलबार उल्लेख गरिएको छ । भारतीय अधिकारीहरूले गत वर्ष ड्रीमलाइनर दुर्घटनाको जाँच गर्दै गर्दा ७८७ विमानमा केही समयपछि २६० जनाको मृत्यु हुने घटनासँग सम्बन्धित विवरण पाएका थिए । एयर इन्डियाका […]

इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ

तेहरान  । इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मङ्गलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक […]

ब्याजदर र कर्जा असुली समस्याले फाइनान्स कम्पनीहरुमा एनपीएल चुलिँदै, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको निष्क्रिय कर्जा दर (एनपीएल) औसत १३.३४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुको औसत एनपीएल १२.४८ प्रतिशत रहेको थियो । वित्तीय विवरण अनुसार फाइनान्सहरुको एनपीएल अघिल्लो वर्षको तुलनामा बढेको देखिएको छ । हाल केही फाइनान्सहरुको एनपीएल ३.५१ प्रतिशतमा सीमित रहे पनि […]

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक ठगी गर्न बनाइएका ‘फ्री भिसा टिकट’, अभिमुखीकरण, तालिमलगायतका कार्यविधि एक महिनाभित्रमा खारेज गरिने बताए  । उनले आफ्नो कार्यकालमै श्रमिकका नाममा भएका सबै ‘सिन्डिकेट’ हटाउन आवश्यक रहेको बताउँदै यस्ता कार्यविधि खारेज गर्ने निर्णय लिएको जानकारी दिए । आज मन्त्रालयमा आयोजित मन्त्रालय मातहतका निकायहरुको चालु आर्थिक वर्षको […]

हकप्रद शेयरका लागि २० प्रतिशत वित्तिय प्रगतिको प्रावधान हटाउन इप्पानको माग

काठमाडौं । हकप्रद शेयर जारी गरेी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय प्रगति कम्तीमा २० प्रतिशत पुष्टि हुने कागजात हुनुपर्ने प्रावधान हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले माग गरेको छ । मंगलबार बरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताललाई ज्ञापनपत्र […]

न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने धादिङ थार्के गाउँपालिका-७ घर भएका २४ वर्षीय अन्जन भुजेल र काठमाडौं महानगरपालिका-२६ बस्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका-४ घर भएका ३१ वर्षीय नविन दमाई रहेका छन् […]

अर्थमन्त्री खनालद्वारा गोरखामा निर्वाचन तयारीको स्थलगत अनुगमन

काठमाडौं । अर्थमन्त्री डा. रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे गोरखा जिल्लामा स्थलगत अनुगमन गरेका छन् । मंगलबार गोरखा पुगेका उनले जिल्ला प्रशासन कार्यालय तथा निर्वाचनसम्बन्धी निकायसँग छलफल गर्दै निर्वाचन तयारी, सुरक्षा व्यवस्था र आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका हुन् । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठसहित […]

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराइने बताएकी छिन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भनिइन, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ ।” कम […]