वाणिज्य बैंकहरुले वितरण गरे ४८ खर्ब बढी कर्जा लगानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा वाणिज्य बैंकहरुमा कर्जा प्रवाह साढे ४८ खर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ असारमसान्तसम्म बैंकहरुसँग ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह […]

अर्थमन्त्रीको स्वास्थ अबस्था सुधारात्मक, भेटघाट पुर्ण बन्द

काठमाडौं । उपप्रधान तथा अर्थ मन्त्रीको स्वास्थ्य अबस्था सामान्य र हिजोभन्दा सुधार  रहेको किर्तिपुर अस्पतालले जनाएको छ । हिजो सनिबार पोखरामा सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा रिमोटबाट बेलुन उडाउने क्रममा अर्थमन्त्री बिष्णु पौडेल र पोखरा उपमहानगर पालिकाका मेयर धनराज आचार्य जलनमा परेका थिए । उनीहरूलाई पोखराको […]

अमेरिकाले नेपाल आउने ५ अर्ब सहयोग रोक्यो

काठमाडौं । अमेरिकी सरकारले नेपालको संघीयता र जैविक विविधता संरक्षणका लागि छुट्याइएको झण्डै ३ करोड ९० लाख अमेरिकी डलर अर्थात ५ अर्ब ५३ करोड रुपैयाँ भन्दा बढीको सहयोग रोकेको छ। अर्बपति एलन मस्कले नेतृत्व गरिरहेको अमेरिकाको सरकारी दक्षता विभाग (डिओजीइ) ले एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएको हो। डिओजीइका अनुसार २ करोड डलर संघीयता र […]

राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन

गण्डकी । राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय पोखरा र शाखा कार्यालय पृथ्वीचोकको नवनिर्मित भवन शनिबार उद्घाटन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले निराशाबाट मुलुकलाई बाहिर निकाल्न सरकारले सार्थक पहल गरिरहेको जिकिर गरेका थिए । साथै उनले बैंकलाई सेवाग्राहीलाई विश्वासनीय र सहज […]

खोलाको पानी पिउन बाध्य खसिबासका स्थानीय

कटारी । उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ । खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् । हिउँद लागेसँगै खोलाको पानीसमेत सुक्दै जाने भएकाले झनै समस्या हुने गरेको स्थानीय बताउँछन् । ‘खोलाभन्दा माथिल्लो गाउँमा पानीको समस्या छ,’ स्थानीय ज्ञानबहादुर तामाङले भने, ‘लुगा धुन, नुहाउन त तल्लो […]

विद्युत् प्राधिकरणले पायो तेस्रो ‘पटक डबल ए प्लस’ रेटिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ। इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’स्तरको रेटिङ प्रदान गरेको छ। योसँगै प्राधिकरणले लगातार तेस्रोपटक डबल ए प्लस रेटिङ पाएको हो। प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक […]

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले १०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले यसअघि पौष २४ गते संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको थियो । कुनै पनि संस्थापक शेयरधनीले सो खरिदका लागि आवेदन नदिएपछि सर्वसाधारणका लागि विक्री खुला गरिएको हो । यो शेयर किन्न इच्छुकले ७ दिन भित्र आफूले […]

किसानलाई अनुदानमा २ हजार बढी स्याउको बिरुवा वितरण

डोल्पा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँ विभिन्न जातका स्याउका बिरुवा वितरण गरेको छ । स्याउ जोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार कार्यक्रमअन्तर्गत प्रस्ताव आह्वान भइ छनोट भएका कृषक समूह/सहकारी/फर्मलाई ५० प्रतिशत अनुदानमा १२ हजार छ सय बिरुवा वितरण गरिएको छ । स्याउ जोन प्रभाव क्षेत्र ठुलीभेरी नगरपालिका, जगदुल्ला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको ३ र ४ […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ३१औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले फागुन २७ गतेका लागि सभा बोलाएको हो। सभा बिहान ११ बजे अनमोल ब्याङ्केट, शंखमुल, काठमाडौँमा हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गर्ने भएको छ। फागुन १३ गतेसम्म कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। साधारण […]

पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा […]