अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति

क्यानबेरा। अष्ट्रेलियाको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिँदै गएको छ, जहाँ फेब्रुअरी महिनामा वार्षिक मुद्रास्फीति दर घटेर ३.७ प्रतिशतमा पुगेको छ । यसअघि लगातार दुई महिना ३.८ प्रतिशतमा स्थिर रहेको मुद्रास्फीति यसपटक केही घट्नु अर्थशास्त्रीहरूको अपेक्षाविपरीतको नतिजा हो, किनकि उनिहरूले यो दर यथावत् रहने अनुमान गरेका थिए । बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार उपभोक्ता मूल्य सूचकाङ्क […]

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं ।  प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार सुरु गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज पद तथा गोपनियताको शपथ लिएका थिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाएको हो । […]

वार्ता सङ्केतबीच मिसाइल प्रहार

तेहरान। अमेरिका र इरानबीच सम्भावित वार्ताका सङ्केतहरू देखिइरहेका बेला इरानले बुधबार इजरायल तथा खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ मिसाइल आक्रमण गरेको छ । यो आक्रमणले कूटनीतिक पहलसँगै सैन्य तनाव पनि समानान्तर रूपमा जारी रहेको स्पष्ट पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग संवाद अघि बढिरहेको सङ्केत दिए। उनले वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिका अहिले इरानसँग […]

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली ।  तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्राप्त हुने नियन्त्रित र मादी नदीबाट प्राप्त हुने थप पानी प्रवाहलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । तल्लो सेतीको […]

सुनसान सिंहदरबार

काठमाडौं ।  देशमा बजेट निर्माणको चटारो लगभग सुरु भइसकेको छ । यतिखेर सिंहदरबारका सबै मन्त्रालयमा मन्त्रीहरु भइदिएको भए प्रदेश एवं स्थानीय तहका जनप्रतिनिधिहरु बजेट माग्न सिंहदरबारमा आइसकेका हुने थिए । जनप्रतिनिधि मात्र नभएर जिल्ला जिल्लाबाट विभिन्न राजनीतिक दलका नेताहरु अहिले सिंहदरबार आउने समय हो । नेपालको संविधानको प्रावधानअनुसार प्रत्येक जेठ १५ गते नेपाल सरकारले सङ्घीय […]

नक्कली सुन जस्तो देखिने धातु सहित ४ जना पक्राउ

रौतहट। चन्द्रपुर नगरपालिका-५ स्थित जगत रिसोर्ट होटलबाट नक्कली सुन जस्तो देखिने धातु ७ थान सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगाल दार्जलिङ मटिघारा ग्राम पंचायत-३ बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-३ घर भएका ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका-१० बस्ने ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका-६ बस्ने ३८ […]

आइसीसी महिला च्यालेन्ज ट्रफीः २९ खेलाडी छनोट

काठमाडौं ।  रुवाण्डामा हुने आइसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा नेपाली महिला क्रिकेट टोली घोषणा गरेको छ । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । छनोट हुने खेलाडीमा विन्दु रावल, रुविना क्षेत्री, सम्झना खड्का, पूजा महतो, इन्दु बर्मा, सीता रानामगर, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, […]

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमहरूको आयोजना गरि मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतको सहभागितामा कम्पनीको प्रधान कार्यालय र देशभरिका  क्षेत्रीय र प्रादेशिक कार्यालयहरूमा मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना […]

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै

दुबई। अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पु¥याइएको बताइएको छ, जसले अमेरिका र इरानबीच वार्ता पुनः सुरु गराउन मध्यस्थताको भूमिका खेल्ने सङ्केत दिएको छ । यसैबीच, अमेरिका मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ बनाउने तयारीमा देखिएको छ । करिब ५० […]

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिए । विशेष दूत गोरले मङ्गलबार टेलिफोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिए यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । टेलिफोन वार्ताका क्रममा उनले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै […]