अमेरिकी डलर, युरो र दिनारको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारको मूल्य लगातार बढ्दै आएको छ। आज अमेरिकी […]

 आज आलु र गाँजरको मूल्य घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज आलु, गाँजरसहितका तरकारीको मूल्य घटेको छ। तर, लौका, परबल, फर्सीसहितका तरकारीको भाउ भने बढेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल […]

जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने

काठमाडौं । आज जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, सात प्रदेशका संयोजकहरू र जेनजी फ्रन्टले प्रधानमन्त्रीसमक्ष सम्झौतापत्रको मस्यौदा बुझाएका छन् । उनीहरूले आज प्रधानमन्त्री कार्कीसँग भेट गरी एकीकृत जेनजीको नेतृत्वमा भएको जेनजी आन्दोलनको जनादेश सम्बन्धमा आन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्रको सस्यौदा हस्तान्तरण गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना […]

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

काठमाडौं । एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल’लाई झनै रोमाञ्चक बनाउन एनपीएल फ्यान प्याकहरु ल्याएको जनाएको छ । एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकहरुले विभिन्न वान टाइम प्याक र रिन्यूवल प्याकहरू खरिद गर्दा प्याकको प्रकार हेरी विभिन्न सेवा, सुविधाहरु बोनस स्वरुप निःशुल्क पाउने छन् । एनपीएल […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहान काठमाडौँमा “बीमास् सुरक्षित भविष्यको आधार” भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ। यस वाकाथनको उद्देश्य सर्वसाधारणबीच बीमाको महत्वबारे जनचेतना फैलाउनु र “सुरक्षित भविष्य” निर्माणमा बीमाको भूमिकाबारे सन्देश प्रवाह गर्नु रहेको थियो। कार्यक्रम कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयबाट सुरु भई नक्साल भगवती मन्दिर – नागपोखरी – गैरीधारा […]

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

काठमाडौं । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल प्रिमियर लिग २ को ट्रफी सानिमा रिलायन्स लाईफमा इन्स्योरेन्स लि. को प्रधान कार्यालय, नक्सालमा लगिएको छ। सानिमा रिलायन्स सह – प्रायोजक रहेको उक्त कार्यक्रम यही मङ्सिर १ गतेबाट किर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले नेपालमा क्रिकेटको महत्व तथा खेलको लोकप्रियता […]

गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे विमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । त्यसक्रममा मन्त्री अर्यालले जेनजी विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकारले प्रयास गरिरहेको बताए। राजदूत फेनले नेपालमा आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा […]

हसिना मुद्दाको विरोधमा अवामी लिगद्वारा आह्वान गरिएको ‘लकडाउन’ ले बङ्गलादेश ठप्प

ढाका । बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनकै पूर्व सत्तारूढ अवामी लिग पार्टीले गत वर्षको विद्यार्थी नेतृत्वको आन्दोलनमा भएको दमनसम्बन्धी मुद्दाको विरोधमा राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि बङ्गलादेशभर कक्षा, यातायात र दैनिक गतिविधि बिहीबार व्यापक रूपमा अवरुद्ध भएका छन् । हसिनाले सन् २०२४ को अगस्टमा १५ वर्ष लामो शासन समाप्त गराएको विद्यार्थी–विद्रोहमाथि दमन गरेको भन्दै मानवता […]

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा ध्यानाकर्षण

पाटन । आगामी मङ्सिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाई लागू गर्न नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका छन् । पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणासहितका २५ केन्द्रीय सदस्यले आज पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेर १५औँ महाधिवेशन सम्पन्न गर्न समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता नवीकरण […]

इको प्यानललाई ट्रेडमार्क प्रयोग रोक्न निर्देशन, कम्पनीलाई एकल हक पुष्टि

काठमाडौं ।  ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको “ECOPANEL”  ट्रेडमार्कसम्बन्धी दीर्घकालीन विवादमा उद्योग विभागले कम्पनीको दाबीलाई मान्यता दिँदै महत्वपूर्ण निर्णय गरेको छ। कम्पनीले विपक्षी इको प्यानल नेपाल प्रा.लि. विरुद्ध दायर उजुरीका आधारमा उद्योग विभागले पहिलोपटक २०७९/०४/११ तथा दोस्रोपटक मिति २०८०/०७/२० मा सो ट्रेडमार्क प्रयोग नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो। सोही प्रकरणमा उद्योग विभागले मिति […]