इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

चितवन।  पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका छन् । इन्धनसहित आवश्यक वस्तुमा बढ्दो महँगीका कारण ती ठेक्कामा काम हुन नसक्ने अवस्थामा पुगेको हो । कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीका अनुसार यस कार्यालयमा २६७ वटा आयोजना रहेकामा अहिले ठेक्का सम्झौता भई २१७ वटा सञ्चालन भइरहेका छन् । तीमध्ये १२५ वटा आयोजनाको […]

प्रदेशसभाको बैठकः विधेयकलाई अर्थ तथा विकास समितिमा पठाउन स्वीकृत प्रदान

मकवानपुर। बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ लाई दफाबार छलफलका लागि अर्थ तथा विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । यसैगरी, उक्त बैठकमा प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न […]

नेपाली विद्यार्थीको विदेश अध्ययन मोह बढ्दो, मासिक करोडौं बाहिरियो 

काठमाडौं । नेपाली विद्यार्थीको विदेश अध्ययन मोहका कारण नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको आठ महिना (साउन फागुन) मा वैदेशिक अध्ययनमा ९३ अर्ब ८९ करोड बराबरको विदेशी मुद्रा बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब ८ प्रतिशतले बढेको हो […]

रूसी तेल छुटप्रति युक्रेनको आपत्ति

किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी तेलमाथि लगाइएको प्रतिबन्ध आंशिक रूपमा खुकुलो बनाइएपछि त्यसले रूसलाई युद्धका लागि ठूलो आर्थिक स्रोत उपलब्ध गराउने चेतावनी दिएका छन् । उनले यस्तो निर्णयले युक्रेनमाथि भइरहेका आक्रमणलाई थप तीव्र बनाउने जोखिम रहेको बताए। सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै जेलेन्स्कीले रूसी तेल खरिदमा खर्च हुने प्रत्येक डलर युद्धकै लागि प्रयोग भइरहेको उल्लेख […]

सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन

त्रिशूली । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गरी गर्व गर्न लायक नतिजा देखाउन आग्रह गरेका छन् । ‘जेनजी’ आन्दोलनपछिको राजनीतिक परिवर्तनलाई कर्मचारी संयन्त्रले पनि बदलिएर साथ दिनुपर्ने समय आएकाले आफूले दिएको सेवा प्रति गर्व गर्न लायक काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए । जिल्ला प्रशासन कार्यालयमा आज आयोजित जिल्लाका सरकारी […]

सामसंग नेपालद्वारा “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक

काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा सशक्त सामसंग नेपाल ले आज “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियान सार्वजनिक गरेको छ। यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै, उनीहरूले परिवार र देशका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्दछ। यसले सामसंगको इनोभेसनमार्फत जीवन जोड्ने उद्देश्यलाई पनि सशक्त बनाउँछ। यस अभियानअन्तर्गत सामसंगले “Samsung […]

इटालीविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं ।  रुवाण्डामा जारी पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले टस जितेको छ । रुवाण्डा क्रिकेट स्टेडियममा नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोली र इटलीको महिला टोली पहिलो पटक आमनेसामने छन् । प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । नेपाल शनिबार पहिलो खेलमा […]

हायात प्लेस बुटवलमा नयाँ वर्ष २०८३ को भव्य स्वागत

रूपन्देही।  हायात प्लेस बुटवलले नेपाली नयाँ वर्ष २०८३ लाई “बुटवलकै सबैभन्दा ठूलो न्यू इयर्स इभ सेलिब्रेशनको रुपमा  भव्य आयोजना गरेको छ। चैत ३० गते (१३ अप्रिल) का दिन खुल्ला आकाशमुनि होटेलको स्विमिङ पुल परिसरमा आयोजित यो उत्सवले बुटवललाई सांगीतिक र मनोरञ्जनात्मक गन्तव्यको रूपमा नयाँ उचाइमा पुर्‍यायो। “एक रात, एक मञ्च, दुई आइकन” (वन नाइट, वन स्टेज, […]

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

पाटन ।  नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत चैत ११ गते बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन गरेको उक्त समितिलाई पूर्णता दिएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी विज्ञ समूहमा वरिष्ठ […]

खुकुरी टी-२० क्रिकेटः वैशाख ८ गतेदेखि भैरहवामा हुँदै

देवदह। रुपन्देहीको भैरहवामा वैशाख ८ गतेदेखि खुकुरी टी-२० कप क्रिकेट प्रतियोगिता हुने भएको छ । लुम्बिनी खुकुरी क्लब बेलहियाको आयोजनामा सिद्धार्थनगर नगरपालिका-३ स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ । आज यहाँ पत्रकार सम्मेलन गरी आयोजकले वैशाख १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष महेश थापाले प्रतियोगितामा तीन भारतीयसहित १६ वटा […]