राष्ट्र बैंक सञ्चालक सदस्यको रूपमा अर्थ सचिव उपाध्यायले लिए सपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सम्माननीय प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा वुधबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले उपाध्यायलाई पद तथा गोपनीयताको शथप गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक […]

तारागाउँ रिजेन्सीको नाफा ३ प्रतिशतले बढ्यो

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको नाफा २.८० प्रतिशतले बढेको छ । होटल्सले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा १८ करोड ६७ लाख नाफा कमाएको छ । जुन गत आवको भन्दा करिब ३ प्रतिशतले बढी हो । होटल्सले गत आवाको सोहि अवधिमा १८ करोड १६ लाख नाफा कमाएको थियो । […]

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज बिहीबार रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्दैछ । यस आधारमा बिहीबार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन । […]

सञ्चित कोष ऋणात्मक देखाउँदै सरकारले रोक्यो बजेट

काठमाडौं । सरकारले संघीय सञ्चित कोष ऋणात्मक भएको भन्दै विभिन्न शीर्षकमा बजेट रोक्का गरेको छ । मुलुकको विद्यमान आर्थिक गतिविधिको कारणले गर्दा सरकारको आम्दानी लक्ष्यअनुसार हुन सकिरहेका छैन । बजेटको स्रोत सुनिश्चित हुन नसक्दा सरकारले विभिन्न पाँचवटा शीर्षकका बजेट रोक्का गरेको हो ।अर्थ मन्त्रालयका अनुसार चालू खर्च (अनिवार्य दायित्वबाहेक) तथा पुँजीगत खर्चतर्फ विनियोजित नेपाल सरकार स्रोततर्फको रकममध्ये हालसम्म […]

चौबिस वर्षपछि सडक स्तरोन्नति

बागलुङ । ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो । बागलुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छ भने गोखोलासम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ । विसं २०५४ मा बागलुङ बजारदेखि रु तीन लाख बजेटमा सिगानातर्फ सडक […]

कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर

काठमाडौं । कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रदेश सरकारको कार्यसम्पादन सूचकसम्बन्धी विवरण अनुसार कुनै पनि प्रदेशले ५१ प्रतिशतभन्दा माथि अङ्क प्राप्त गरेका छैनन् । आयोगको विवरण अनुसार सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी ५१.६ अङ्क पाएको छ । त्यस्तै गरी मधेश प्रदेशको कार्यसम्पादन अङ्क सबैभन्दा कम […]

२३ सयले बढ्यो सुन

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार २ हजार ७०० रुपैयाँले घटेको सुनको मूल्य आज (बिहीबार) २ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रति तोला १ लाख ६९ हजार ८०० रुपैयाँमा काराबोर भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ६७ हजार ५००रुपैयाँ थियो । बिहीबार […]

रारा ताल क्षेत्रमा बन्ने ‘रारा रिसोर्ट’ को  शिलान्यास

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आउने भएको छ  रारा हेल्डिङ्स रिसोर्ट प्रालि र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त लगानीमा बन्ने  रिसोर्ट मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा करिब रु एक अर्ब ५० करोड लगानीमा रिसोर्ट निर्माण हुने जनाइएको छ । रोसोर्टको सिलन्यास काठमाडौमा आयोजित एक समारोहका बीच  नेपाल सरकारका […]

आज विश्व रेडियो दिवस

काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले […]

आज काठमाडौं जिल्ला अदालतका चार वटा इजलास नचल्ने

काठमाडौं । आज काठमाडौं जिल्ला अदालतका चार वटा इजलास नचल्ने भएका छन् । हिजो दिउँसो जिल्ला अदालत नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर पानी निश्कदा जिल्ला अदालतको दोस्रो भवनमा पानि पसेर अदालतका २६,२७,२८,२९ नं फाँटमा क्षेति पुगेकाले सो फाँटबाट प्रवाह हुने सेवा,सो फाँटको पेसी तथा २६,२७,२८,२९  ईजलास आजदेखी सञ्चालन नहुने काठमाडौं जिल्ला अदालतले जनाएको छ […]