पोखरामा पनि लाग्यो कर्फ्यु
पोखरा । जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेकी हुन् ।
पोखरा । जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेकी हुन् ।
काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । अस्पतालमा दर्जनौं घाइते भर्ना भएका छन् । घाइतेको […]
काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा राजधानीको नयाँ बानेश्वरस्थित संसद् भवनको गेटका दुई स्थानमा गरेको आगजनी प्रहरीले निभाएको छ । प्रदर्शनकारीले गेट नम्बर १ र गेट नम्बर २ मा आगजनी गरे पनि प्रहरीले तत्काल निभाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्रको स्थिति तनावपूर्ण रहेको छ भने प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । केही प्रदर्शनकारी संसद् भवनभित्रै प्रवेश समेत […]
काठमाडौं । संसद् भवनभित्र जेनजी छिरेपछि संसदीय समितिको बैठक छाडेर गृहमन्त्री रमेश लेखक बाहिरिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सहभागी हुन गृहमन्त्री लेखक सिंहदरबार आएका थिए । सोमबारको समिति बैठकमा नेपाल प्रहरी विधेयकमाथी छलफल गर्ने कार्यसूची थियो । गृहमन्त्री लेखकसँगै गृहसचिव पनि बैठक छाडेर बाहिरिएका छन् । संसद् भवनभित्र जेनजी छिरेपछि […]
काठमाडौं । विश्वमा विदेशी लगानी रकम बढेको छ । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष विदेशी लगानी प्रतिवद्धता सर्वेक्षण २०२३/२४’ सार्वजनिक गर्दै सन् २०२४ मा विश्वमा प्रत्यक्ष वैदेशिक लगानी १५ खर्ब ८ अर्ब अमेरिकी डलर पुगेको छ । जुन गत वर्ष भन्दा ३.७ प्रतिशतले बढी हो । सन् २०२३ मा उक्त लगानी १४ खर्ब ५५ अर्ब अमेरिकी […]
काठमाडौं । जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ । शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ ।
काठमाडौं । कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई रबरको गोली लागेको छ। बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ। बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो।
भिएना । खाडी मुलुकहरूको पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरूको सङ्गठन र त्यसका सहयात्री मुलुकहरूको समूह (ओपेक प्लस) ले आइतबार एक भर्चुअल बैठक गरी आउँदो अक्टोबर महिनाबाट दैनिक एक लाख ३७ हजार ब्यारेलभन्दा बढी कच्चा तेल उत्पादन गर्ने निर्णय गरेका छन् । साउदी अरेबिया, रसिया, इराक, संयुक्त अरब राष्ट्र, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानजस्ता आठ देशहरूले विश्व […]
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्यत् आयोजना निर्माणको काम नरोकिने बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग जागरण अभियान अन्तरगत गोरखाको पालुङटार नगरपालिका–५, ठाँटी पोखरीमा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष दाहालले भने, “स्रोत सुनिश्चित गरेर बुढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढ्दै छ, हालसम्म […]
काठमाडौं । प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।