उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

काठमाडौं । सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने भएको छ । मूख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकले सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन, विपद् प्रभावित राजमार्गको पूर्ववत सञ्चालन, मौसमी रोग डेङ्गु, हैजा, लम्पी स्किनलगायतको प्रकोप नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । राज्यको […]

भन्सार सम्बन्धी बिधयेक राष्ट्रपतिबाट प्रमाणिकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणिकरण गरेका छन् । उनले  विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो ऐन प्रमाणिकरण गरेका हुन्  ।

एकैदीन ४ संसदीय समितिको वैठक वस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा गरि आज ४ संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधीसभा अन्तर्गत  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति १२.३० बजेन बस्न लागेको छ ।  आजको बैठकाम केरा व्यवसायी कृषकका समस्याका सम्बन्धमा अर्थ, कृषि तथा पशुपंक्षी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरोकारवालासँग छलफल, गर्ने कार्यसूची रहेको छ […]

कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमा महाशाखाले उल्लेख गरेको छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका […]

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४० रुपैया ९३  पैसा  बिक्रि दर १ सय ४१ रुपैया ५३ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६५ रुपैया […]

एक्स र वी च्याटले सूचीकरण विवरण मागे, भीपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले सूचीकरण हुन नआएको भन्दा २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय पारेपछि यसको विरोधमा सर्वसाधारण उत्रिएका छन्। सरकारको निर्णयको प्रतिरक्षा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भदौ २२ गते प्रेस विज्ञप्ति जारी गर्दै त्यसको बचाउ गरेको छ। सामाजिक सञ्जाल सूचीकरण गर्न आह्वान गरेको समयमा सम्पर्कमा नआएपछि प्रतिबन्धको अवस्था खेप्ने सूचीमा परेका २६ कम्पनीमध्ये […]

कनेक्ट आइपीएसको “शुभ यात्रा अफर”, आकर्षक क्यासब्याक तथा छुट पाइने

काठमाडौं । कनेक्ट आइपीएसको (connectIPS) को शुभ लाभ अफर” सार्वजनिक भएको छ । जस अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी connectIPS मार्फत गर्दा भाद्र २२ गतेदेखि असोज १८ गतेसम्म आकर्षक क्यासब्याक तथा छुट पाउन सकिने भएको छ । क्यासब्याक अफर बुद्ध एयर प्रा.लि, श्री एयरलाइन्स प्रा.लि., यति एयरलाइन्स प्रा.लि. र बस सेवा […]

जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव, “यामाहा ब्लु फेस्ट”, आइतबार हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य उद्घाटन समारोहका साथ सुरु भएको छ । उत्कृष्ट अफर, रोमाञ्चक अनुभवहरू, र यामाहा कम्पनीको शैली र प्रदर्शनको पहिचानसँगै, यस पर्वले सहरभरिका बाइक र स्कुटर प्रेमीहरूको उत्साह दोब्बर बनाउने वाचा गरेको छ । भदौ २२ गतेदेखि भदौ २७ […]

कामना सेवा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८१।८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ । १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरी १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी १९ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात शेयरधनीहरुले […]

श्रम अदालत भएपनि राज्यबाट बेवास्ता गरियो ः अध्यक्ष जनक पाण्डे

काठमाडौं । श्रम अदालत भए पनि राज्यबाट बेवास्ता गरिएको श्रम अदालतका अध्यक्ष जनक पाण्डे बताएका छन्  । अध्यक्ष पाण्डेले देशभरिका श्रमिकको मुद्दा हेर्ने, न्याय सम्पादन गर्ने निकाय श्रम अदालत भए पनि राज्यबाट बेवास्ता गरिएको बताएका हुन्  । आइतबार श्रम अदालत भक्तपुरले आयोजना गरेको ‘श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाहरूको सङ्ग्रह(२०८१ (भाग(३०’ को विमोचन गर्दै उनले श्रम अदालत अझै […]